पेरुमा ८ म्याग्‍निच्यूडको भूकम्प, क्षतिको विवरण संकलन हुँदै


एजेन्सी । आईतबार दिउँसो पेरुको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ८ म्याग्निच्यूडको भूकम्प गएको छ । स्थानीय समय अनुसार  आईतबार बिहान लगभग ३ बजेको आसपासमा भूकम्प गएको हो ।

सो भूकम्प पृथ्वीको सतहभन्दा ११४ किलोमिटर भित्र रहेकाे पेरुको भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट के कति क्षति भयाे भन्ने बारेमा पुष्टी भएको छैन । यद्यपी पेरुको आन्तरिक मन्त्रालयले कयौँ भवन, सडक र अन्य पूर्वाधार भत्किएको फोटो ट्वीटर मार्फत सार्वजनिक गरेको छ ।

सरकारी निकायहरुले अहिले भुकम्पको क्षतिबारे तथ्याङ्का संकलन गरिरहेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि प्रभावित क्षेत्रमा विद्युत सेवा ठप्प भएको छ । मूकम्पले मानवीय क्षतिपनि भएको अनुमान गरिएको छ ।