गजलकार नमिता बरालको उत्कृष्ट गजल


बाँचुन्जेल यसैगरी तिम्रो याद आउँछ
यस्तो लाग्छ जुनिभरी तिम्रो याद आउँछ

अधर भिजाइदिन्छ आँचल भिजाइदिन्छ
झरिले गर्दा मनपरि तिम्रो याद आउँछ

कहाँ झर्यौ होला यो मनै भरी फुल्ने तिमी
आँगनमा फुल्दा बाबरी तिम्रो याद आउँछ

सम्झनेले सम्झन्छन् बिर्सनेले बिर्सिदिन्छन्
सम्झी ल्याउँदा दौतरी तिम्रो याद आउँछ

सम्झि सम्झि रुन्न भन्छु बर्बर झर्छ्न आँसु
कहिले काहिँ त बेस्सरी तिम्रो याद आउँछ

गजलकार नमिता बरालकाे फेसबुक वाट साभार