काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोटमा परि ४ जनाको मृत्यु


काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा भएको बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।

अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार घाइतेमध्ये एकजनाले आफूहरूले टाइम बम बनाउने तयारी गरेका बेला सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।