पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन


काठमाडौं ।  पुर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका पौडेलको हृदयघातका कारण गए राती आफ्नै निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

पौडेललको निधन भएपछि अहिले चितवनको माडी स्थित निवासमा उनका आफन्त तथा पार्टी कार्यकर्ताको भीड लागेको छ । उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।

पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन गृहमन्त्री राम बहादुर थापा अहिले चितवन जादैं छन् ।