नगर स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी त्रिभुवन माविलाई


जाजरकोट । भेरी नगरपालिकाले आयोजना गरेको प्रथम नगरस्तरिय रास्ट्रपति रनिङ शिल्डको उपाधी त्रिभुवन मा‌‌‍.वि खलंगाले हात पारेको छ । भेरी नगरपालिका १३ कुदु स्थित भगवती मावीको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र ३ कास्य पदक जित्दै त्रिभुवन मावी उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा शिवशंकर मा‌‌‍.वि जगतिपुरले दोस्रो स्थान प्राप्त गरेको छ । शिवशंकर माविले जम्मा ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक जितेको छ भने भगवती मा‌‌‍.वि तृतीय भएको छ । प्रतियोगिताको व्यवस्थापक समेत रहेको भगवती माविले ५ स्वर्ण, ५ रजत र ७ कास्य पदक हात परेको छ । त्यस्तै विजय मा‌‌‍.वि काफलचाैरले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक, भेरी त्रिवेणी मा.वि रिम्नाले २ रजत, ४ कास्य पदक, दिपेन्द्र मा‍.वि भुरले १ स्वर्ण, २ रजत, १ कास्य पदक, सरस्वती मा.वि पून्माले १ स्वर्ण, १ रजत , २ कास्य, शिव व्यवसाय मा.वि कालेगाँउले १ स्वर्ण, १ रजत, ४ कास्य र लक्ष्मी मा‍.वि भेरेले १ रजत पदक प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ३० हजार २५ हजार र २० हजार नगद पुरस्कार प्रदान गरिएको छ । साथै सहभागी सबै विद्यालयहरुलाइ व्यवस्थापन खर्च स्वरुप प्रती विद्यालय १० हजार रुपैया दिइएको नगरपालिकाले जनाएको छ । नगर भित्रका विभिन्न १० वटा माध्यमिक विद्यालयका २ सय ५० खेलाडीले भलिबल, कराते, एथेलेष्टिक अन्र्तगतका लामो तथा छोटो दूरीका दौड, त्रिपल जम्प, हाइ जम्प, लङ जम्प, ज्याभ्लिङ थ्रो, कपर्दीलगायतका १२ वटा खेल विधामा प्रतिष्पर्धा गराइएको नगरको शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृतिबहादुर थापाले बताए।

विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई उत्कृष्ट कप प्रदान गरिएको छ। छात्र भलिबलमा त्रिभुवन मावि प्रथम, दिपेन्द्र मावि भुर द्धितिय र विजय मावि काफलचौर तृतीय भए। छात्रा भलिबलमा विजय मावि काफलचौर प्रथम, सरस्वती मावि पुन्मा द्वितीय र त्रिभुवन मावि तृतीय भए।

यस्तै छात्र कबड्डीमा त्रिभुवन मावि प्रथम, भगवति मावि कुदु द्वितीय र शंकरभवन मावि बाहुनथाना तृतीय भए।छात्रा कवड्डीमा पनि त्रिभुवन मावि प्रथम, शिवशंकर मावि जगतिपुर द्वितीय र शिव व्यवसायिक मावि कालेगाउँ तृतीय भए।

नगरस्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको समापन गर्दै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणका लागि खेलकुद जरुरी रहेको बताए। ३० जेठ बाट सुरु भएको प्रतियोगिता अषाढ २ गते ५ दिन सम्म सन्चालन भएको हो ।