रामुको मोर्डलिंग र प्रेमको स्वरमा तीज गीत कम्मरै भाँच्ने हो बजारमा (भिडियाे सहित )


जाजरकाेट । सल्यानी लोक तथा दाेहोरी गायक रामु विरही केसीको यस बर्षको उत्कृष्ठ गीत कम्मरै भाँच्ने हो सार्वजनिक भएको छ ।

पछिल्लाे समय लोक तथा दाहोरी क्षेत्रमा उदयमान ताराका रुपमा छिरेका रामुको यस बर्षको उत्कृष्ठ तीज गीत बिहीबार सार्वजनिक भएको हो ।

कम्मरै भाँच्ने हो गीतमा लोकदोहोरी गायक रामु विरही केसीको शब्द तथा दीपक सोनिरको संगीतमा चर्चित नव गायक प्रेम कुसारी क्षेत्री र शिवा बस्नेतले स्वरबद्ध गरेका छन् ।

यस गीतमा रामुले आफुलाई गायक मात्र होइन मोडेलका रुपमा स्थापित गरेका छन् । रामुविरही केसी,मुना साहु,र भोला पुन मगरले यस गीतमा अभिनय गरेका छन् । हाईलाइट्स नेपालले बजारमा ल्याएकाे छ।