जंगली च्याउ खाँदा जाजरकाेटमा एक महिलाको मृत्यु


जाजरकोट । जंगली च्याउ खादा बारेकोट गाउँपालिका ८ बन्डालाकी ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको छ । तीन दिन अघि च्याउको तरकारी खाएर बेहोस भएकी मनमायालाई उपचारका लागि नेपालगञ्ज तर्फ लैजाँदै गर्दा मंगलबार उनको सुर्खेतको मेहेलकुनामा मृत्यु भएको स्थानीय उदय थापाले वताए ।
जंगलबाट ल्याएको च्याउको तरकारी खाएर मृतक सहित उनको परिवारमा ३ जना बिरामी परेका थिए । बिरामी मध्ये १ जनाको घरेलु उपचार पछि सञ्चो भइसकेको र १ जनालाई थप उपचारका लागि नेपालगञ्ज र्पुयाईको थापाले बताए ।