भेरी नगरपालिकाको यस्ताे काम सुझाव पेटिकाको ठाउँमा ग्राहक सन्तुष्टि कार्ड


Image may contain: 3 people, people sitting, table and indoorजिल्लाको भेरीनगरपालिकाकाले नयाँ कामको थालनी गर्ने भएको छ । हामीले देखेका छौँ सबै सरकारी कार्यालयमा नागरिकको गुनासो राख्ने ,सुझाव संकलन गर्ने, कार्यालयको कुनै काम प्रति असन्तुष्टी भए क्रमश गुनासो पेटिका, सुझाव पेटिका ,र उजुरी पेटिका राखेको देखिरहेका छौँ ।
तर जिल्लाको सुगम मानिएको भेरीनगरपालिकाले यिनीहरुको ठाउँमा ग्राहक सन्तुष्टि कार्ड राख्ने भएको हो ।

विहिबार सुन्दर नेपाल संस्थाद्धारा संञ्चालित सार्वजनिक निकायले प्रकाशन गर्नुपर्ने सुचना विषयक कार्यक्रममा भेरीनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज वेल्वासेले आगामी दिनमा ग्राहक सन्तुष्टि कार्ड वितरण गर्ने बताए ।

Image may contain: 3 people, people sitting, table and indoor

उनले , भने म जाजरकोटमा आएको एक वर्ष वित्यो हामीले राखेको सुझाव पेटिकामा सेवाग्राहीको कुनै पनि गुनासो, सुझाव, असन्तुष्टि आएन, बरु सुझाव संकलन पेटिमा माकुराको जालो मात्र देखियो । यसले सेवाग्राहीका लागि कुनै पनि काम नगरेपछि हामीले यसलाई हटाएर ग्राहक सन्तुष्टी कार्ड वितरण गर्ने छौँ ।

जाजरकोट जिल्लाका अन्य स्थानीय तहमा भेरीनगरपालिका अहिले पनि सुचनाको क्षेत्रमा अगाडि नै देखिने उनको दावी गरे । कार्यक्रममा सार्वजनिक निकायबाट उपलब्ध हुने २० वटा सुचना भेरीनगरपालिका बाट सेवाग्राहीले पाए नपाएको भन्ने विषयमा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुले भनाई राखेका थिए ।

नगरपालिकाका सुचना अधिकारी सुर्य लम्सालले भने ,हामी टेक्नोलोजिमा एकदमै अगाडि छौ, हाम्रो वेवसाइडमा विभिन्न प्रकारका सुचनाहरु राखिएको हुन्छ नागरिकलाई सहर्ज तरिकाले सुचना उपलब्ध भएको छ । हाम्रो आफ्नै मोबाइल एप.फेसबुक पेज बाट नगरपालिका बाट सार्वजनिक हुने सुचना रहेका हुन्छन् । सेवाग्राहीलाई सार्वजनिक सुचना सहज रुपमा पुर्यान जिल्लामा उत्कृष्ठ काम गरेको उनको भनाई छ ।

भेरीनगरपालिकामा प्रक्रिया पुर्याएर सुचना माग्नेको संख्या ३ मात्र रहेपनि हामीले जुनसुकै समयमा फोन, इमेल, ट्वीटर,फेसबुक बाट सार्वजनिक सुचना उपलब्ध गराइएको बताए । नगरपालिकामा विभिन्न काम गरिरहेको र नभएका काम तत्काल गर्ने भेरीनगरपालिकाका उप प्रमुख भावना भण्डारीले बताइन । उनले भनिन् हामीले देशका ७५३ स्थानीय तहमा मध्ये उल्लेखनीय काम गरेका छौ हामी संग आइटी सरले धेरै राम्रो काम गर्नुभएको छ ।

सुचनाको क्षेत्रमा हामलिे पार्दशिताको काम गरिरहेका छौ । पहिले नागरिक वडा पत्र राखेका थिएनौँ त्यो पनि विस्तारै गर्यौ, सुचनाका क्षेत्रमा नगरपालिकाकाले अहिले नागरिकको गुनासो नआहोस भनेर काम गरिरहेका छौँ । सुन्दर नेपाल संस्था जाजरकोट कार्यक्रम संयोजक रवि चन्दले पारस्पारिक जवाफदेहिता सम्बन्धी काम गरिरहेका छौँ नगरपालिकाको काम पनि हामीले बाहिर बाट हेरिरहेछौ भेरीको काम भइरहेको छ तर पनि अझ धेरै काम गर्न बाँकी रहेको छ ।

Image may contain: 3 people, people sitting, table and indoor

यसलाई पनि नगरपालिकाले छिट्टै लियोस् र नागरिकमा सुचना सहज पुनोस । नागरिकलाई जनचेतना फैलाउने काम पनि केहि समय गरिने उनले बताए ।