साग खेलकुद : नेपाललाई चौथो स्वर्ण


काठमाडौं। करातेमा महिला टिम कातामा पनि स्वर्ण पदक जितेका छन्। करातेको महिला टिम कातातर्फ नेपालले २४.८८ अंक हासिल गर्दै स्वर्ण पदक जितेको छ।

सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगितामा नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गरेको हो। पाकिस्तानले २३.३ अंक जोड्यो। स्वर्ण पदक जित्ने नेपाली टोलीमा सरु कार्की, निर्मला तामाङ र संगिता मगर छन्।  यसअघि पुरुष एकलमा मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए।

त्यस्तै तेक्‍वान्दोमा कमल श्रेष्‍ठ र ट्रायथलनमा सोनि गुरुङ्गले स्वर्ण जितेका थिए। यो सँगै नेपालको स्वर्ण पदकको संख्या ४ पुगेको छ।

पहिलो चरणमा नेपाली महिला टोलीले २४.७४ अंक जोडेको थियो। सोही चरणमा श्रीलंकाले २२.५४ अंक हासिल गरेको थियो। त्यस्तै पहिलो चरणमा बंगलादेशले २४.०८ अंक जोडेको थियो। त्यस्तै पाकिस्तानले २५.१४ जोडेको थियो।

नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।