सबै वडामा नेकपाको संगठन विस्तार (सूचिसहित)



जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले भेरी नगरपालिकाका सबै वडामा पार्टी कमिटि गठन गरेको छ । नेकपा भेरी नगर कमिटीले नगरका १३ वटै वडामा पार्टी अध्यक्ष र सचिव सहित वडा कमिटीको टुंग्याएको हो ।

केन्द्रमा पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच पार्टी एकता पछि प्रदेश, जिल्ला, र स्थानीय तहमा पार्टी कमिटीको टुङ्गो लगाएको नेकपाले वडा कमिटी गठन संगै एकताको कार्य सम्पन्न गरेको हो ।

पार्टी एकताको भावना अनुरुप साविकका दुवै पार्टीका कार्यकर्ताहरुलाई समेटेर वडा कमिटी गठन गरिएको नगर कमिटी अध्यक्ष मुकुन्द प्रसाद शर्माले जानकारी दिए । वडा कमिटी गठन संगै पार्टी एकताको सबै काम टुंगिएकोले अव संगठन विस्तार तथा सक्रिय वनाउन तर्फ लाग्ने अध्यक्ष शर्माको भनाई छ । यस्तो छ १३ वटै वडाका पार्टी अध्यक्ष र सचिवहरुको विवरण :