भ्रमण वर्षमा कर्णालीका घुम्नै पर्ने गन्तव्यहरू (फोटोफिचर)


सुर्खेत । कर्णाली आँफैमा पर्यटकीय हिसावले प्रचुर सम्भावना भएकाे प्रदेश हाे । यस प्रदेशका पर्यटकीय क्षेत्रहरूबाट स्वर्गीय आनन्द प्राप्त गर्न सकिने र अलौकिक छ । कतिपयले यसलाई भर्जिन ल्याण्डका रुपमा समेत परिभाषित गरेको देखिन्छ ।

भर्जिन यस अर्थमा की यो हरेक पर्यटकका लागि नयाँ र नौलो अनि सुन्दर छ । जनवरी १ अर्थात अंग्रजी नयाँ बर्ष २०२० बाट नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गरेको छ । कर्णाली सरकारले पनि राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित बुलबुले उद्यानबाट भ्रमण बर्षको शुभारम्भ गरेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत

कर्णाली यो अवधीभर १ लाख विदेशी पर्यटकलाई कर्णालीमा स्वागत गर्ने लक्ष्य लिएको छ भने यसका लागि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति समेतले पर्यटन पवद्र्धनकै लागि ५२ प्रतिशत् बजेट विनियोजन गर्ने घोषणा गरेको छ ।

यसका साथै कर्णाली सरकारले आन्तरिक र बाह्य पर्यटक गरेर पाँच लाख भित्राउने लक्ष्य लिएको छ भने प्रदेश सरकारले पर्यटन बर्षलाई लक्षित गरेर ४० वटा पर्यटकिय गन्त्व्य समेत तोकेको छ ।

यो अवशरमा कर्णाली घुम्न किन आउने त? भन्ने प्रश्नको उत्तर खोजिरहेका पर्यटकका लागि यहाँका आर्कषणहरु निम्नानुसार रहेका छन् ।

सुर्खेतको काँक्रेविहार घुम्दै बुलबुले मा रमाउन

तत्कालिन स्वर्गीय राजा विरेन्द्रको अति मन पर्ने स्थानका रुपमा रहेको सुर्खेत सुन्दर उपत्यका हो । न धेरै जाडो न धेरै गर्मी हुने सुन्दर स्थान र काठमाडौंको तुलनामा १ देखि २ डिग्री मात्र बढि तापक्रम हुने यो स्थान बुलबुले उद्यान, काँक्रेविहार, अँधेरी गुफा, चमेरे गुफा, भेरी नदीले फन्को मारेको जिल्ला, जाजुरा दह लगायतका स्थानका कारण चर्चित छ ।

खस राजाको पालामा बनेको काँक्रेविहार पुर्ननिर्माणका क्रममा

कर्णालीमा खस राज्यको अस्थित्व हुँदा १४ औं शताव्दीको अन्त्यतिर खस राजा अशोक चल्लका समयमा निर्माण गरिएको मन्दिरका कारण चर्चामा छ । सुर्खेतको वीचमा काँक्रा जस्तो आकारमा रहेको थुम्कोमा रहेको जंगलवीचमा यो अवस्थित छ भने कुनैबेलाको भुकम्प वा विनासले भत्किएर अहिले पुर्ननिर्माण लगभग सकिएको छ ।

सुर्खेतको बुलबुले ताल

यसलाई दोश्रो लुम्विनीका रुपमा पनि लिने गरिन्छ । यसमा हिन्दु र बौद्ध दुवै धर्म संग सम्वन्धित मूर्तीहरु देख्न सकिन्छ । त्यस्तै सुर्खेतको मुटुमै रहेको बुलबुले उद्यान र ताल पनि पर्यटकका लागि निकै आर्कषणको केन्द्र हो । हरेक बर्ष हजारौं आन्तरिक पर्यटकले यो उद्यान घुमेर आनन्द लिन्छन् ।

जलयात्राका लागि पनि सुर्खेत आर्कषक गन्तव्य

भेरी नदीले फन्को मारेर पश्चिममा कर्णाली संग मिसिने जिल्ला पनि सुर्खेत भएकाले पूर्वी सुर्खेतको गुर्भाकोट वा जाजरकोट देखि नै भेरी नदीमा र्याफ्टिङ गर्नका लागि अति सुरक्षित र उपयुक्त मानिन्छ । पश्चिमा अछाम तथा कालिकोट देखि नै सुर्खेत हुँदै कर्णाली चिसापानी पुल सम्म पनि र्याफ्टिङ गर्न सकिन्छ ।

भेरी नदीमा र्याफ्टिङ गर्दै पर्यटकहरु

अहिले भ्रमणबर्षलाई लक्षित गरी र्याफ्टिङ गराउने केही संस्थाले जलयात्रामा ५० प्रतिशत् छुटको व्यवस्था गरेका छन् भने सुर्खेतका होटेलहरुले पर्यटकलाई खाना वस्न २० प्रतिशत् छुट दिएका छन् । सुर्खेतको काँक्रेविहारको आडैमा अर्थात पूर्वी कुनामा थारु होम स्टे समेत रहेकाले त्याँहा यस जिल्लाको स्थानीय थारु परिकारको स्वाद समेत लिन सकिन्छ ।

जाजरकोटको दरबार
नेपालमा बाइसे चौबिसे राज्यका बेला अर्थात २ सय ४८ बर्ष भन्दा पनि पुरानो दरबार निकै चर्चित स्थान मध्यको एक हो तत्कालिन नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहले समेत जित्न नसकेको दरबारका रुपमा यो लोकपृय छ । तत्कालिन राजा हरी शाहले विसं १८२५ मा निर्माण भएको जाजरकोट दरबार एक पटक घुम्नै पर्ने स्थानमा पर्दछ ।

जाजरकोट दरबार

इतिहासका जानकार राजुराजा सिंहका अनुसार जाजरकोट राज्यको राजधानी सुरुमा जगतिपुरमा थियो । जाजरकोट राज्य संस्थापक जगती सिंहका नाती तत्कालिन राजा देव सिंहको घोडाले हालको जिल्ला सदरमुकाम खलंगाको टाकुरामा मन पराएको र बाइसे–चौविसे राज्यको लडाईँ चलिरहेका बेला सुरक्षा दृष्किोणले पनि उपयुक्त भएपछि १६ औं शताब्दीमा जगतिपुरबाट खलंगामा राजधानी सारिएको थियो ।

सुरुमा सामान्य दरबार भए पनि १८ औं शताब्दीको ३० को दशकमा तत्कालीन राजा गजेन्द्रनारायणले साततले दरबारको निर्माण गरेका हुन् । भक्तपुरबाट ल्याएका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको थियो ।

वि.सं. १९९० सालको भूकम्पका कारण दरबार भत्किएपछि पुणर्निर्माण गरी चार तला मात्र बनाइएको हो । हाल उक्त दरबार चारतले छ ।
जाजरकोट पुग्न अहिले पक्कि तथा कालोपत्रे बाटो भएकाले सुर्खेतको छिन्चु र भेरी नदीको किनारै किनार रमणीय यात्रा संगै जाजरकोट पुग्न सकिन्छ । सरकारले हालै सार्वजनिक गरेको देशभरका एक सय पर्यटकीय गन्तव्यमा जाजरकोट दरबारलाई पनि सूचीकृत गरिएको छ ।

नेपालकै चर्चित तरकारी बजार देखि कुपिण्डेदहको जिल्ला सल्यान
सल्यानको कुरा गर्दा त्याँहाको तरकारी बजारको लोकपृयताको बयान गर्नै पर्छ । कर्णाली र प्रदेश ५ सम्मलाई तरकारी निर्यात गर्दै आएको सल्यानमा ऐतिहासिक, धार्मिक पर्यटकीयस्थल खैरावाङ पनि निकै चर्चित छ ।

वाङ् शब्द खाम भाषा बाट आएको शब्द हो । राप्ती अन्चलको रोल्पा,सल्यान र अन्य स्थानमा पनि धेरै गाउँ ठाउँको नाम खाम भाषासंग जोडिएको छ । वाङ शब्दको अर्थ हुन्छ चौर अर्थात सम्म स्थान । खैरावाङ्, फालावाङ्, धवाङ यसको उदाहरण मात्र हो । ठाउँको नामले के अनुमान गर्न सकिन्छ भने कुनै समयमा त्यसक्षेत्रमा खामजातिहरुको बसोबास थियो ।

प्राकृतिक दृष्टिकोणले रमणीयस्थल खैरावाङ् भुरेटाकुरे राजाहरुका पालादेखि शक्तिपिठको रुपमा पुजा–आजा गरिदै आएको खैरावाङ् भुवनेश्वरी देवीको जति ऐतिहासिक महत्व छ । मनको कुरा पुग्ने देवीको मन्दिरका रुपमा त्याँहा मानीसहरु पुग्ने गर्दछन् । सदरमुकाम खंलगा अथवा श्रीनगरबाट सजिलै त्यस मन्दिरमा पुग्न सकिन्छ ।

सल्यान सदरमुकाम खलङ्गा बजारदेखि २४ कि.मी. पश्चिम गुडेपछि पुगिन्छ– कुपिण्डे दह (ताल) । कर्णाली प्रदेशमा पर्ने यो दह आन्तरिक पर्यटकमाझ यति चर्चित छ कि पछिल्लो समय नगरपालिकाको नाम नै ‘बनगाड कुपिण्डे’ हुन पुग्यो ।

कुपिण्डे दहले वर्षमा तीनवटा रङ्ग बदल्ने गर्दछ । वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ । रमाइलो चाहिं के भने वरिपरि जङ्गलले घेरिए पनि तालमा पात भने भेटिंदैनन् । यहाँ पात झर्‍यो कि चराले टिपिहाल्छ भन्नेहरु पनि छन् ।

झण्डै ३५ बिघा (२३.५३ हेक्टर) मा फैलिएको यो तालको नजिकै बराहदेव मन्दिर छ, जहाँ मंसीर शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्दछ । भक्तजनहरु धर्म र सौन्दर्य दुवैको आनन्द लिएर फर्कन्छन् ।

गुरिल्ला ट्रेल देखि युद्ध स्थल रुकुम पश्चिम

स्यार्पु ताल

रुकुम पश्चिमको डिग्रे शाईकुमारी मन्दिर र पूर्वको कमलदह यस क्षेत्रका पर्यटकीय गन्तव्य का रुपमा देखिएका छन् । मुसिकोट देखि २ घण्टा ३० मिनेटको दुरी रहेको तत्कालिन उत्तर बांफीकोट गाउँ विकाश समितिको ३ र ७ मा अवश्थित स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण ताल हो ।

सरकारले सार्वजनिक गरेको सूचीमा रुकुम पूर्वबाट प्रवद्र्धन गर्न गुरिल्ला ट्रेल पारेको छ भने नयाँ गन्तव्यमा ढोरपाटन मैकोट सेफोक्सुण्डो पर्यटन पदमार्ग छ । त्यस्तै रुकुम पश्चिममा गोतामकोट चित्रिपाटन साहासिक पदमार्ग गन्तव्यका रुपमा राखिएको छ ।

रुकुम पूर्वको ढोरपाटन, मैकोट र पाटन क्षेत्र यार्सा पर्यटनका क्षेत्रमा चर्चित छ । रुकुम पुग्न अहिले सुर्खेत, सल्यान हुदै वा दाङ हुदै पुग्न सकिन्छ ।

नेपालकै पुरानो एतिहाँसिक किर्तिखम्बा देखि पवित्र धार्मिक क्षेत्र ज्वाला सम्म दैलेख

नेपाली भाषाको पहिलो शिलालेखको कारण दैलेख निकै चर्चित छ । दुल्लु नगरपालिकामा रहेको किर्ति खम्बा र त्याँहाको शिलालेख आफैमा पहिचान दिन सफल छ । यो स्तम्भ खस मल्लकाल अघि नै निर्माण भएको हो र यो शाके ९०३ तिर निर्माण गरिएको हो भन्ने गरिन्छ तथापी यो विवादित छ ।

नेपालकै पुरानो मानिएको दुल्लु स्थित किर्ती खम्ब

राजनैतिक रुपमा बाईसे चौविसे राज्यकालमा दुईवटा ठुला राज्य दुल्लु राज्य र सिंजा राज्यको सितकालिन राजधानी र बेलासपुर कायम भई शासन सत्ता सञ्चालन भएको इतिहास जिवित छ । यस्तै प्राचीन देवभुमि, दोर्णाचार्य जस्ता ऋषि मुनिहरुले तपस्या गरेको तपोभुमि मृगतृष्णा पूरा गर्ने खालका घना जंगल पनि छन् ।

हिमपातपछि दैलेखको गुराँसे क्षेत्र

दैलेखको पहिचान भनेको दुल्लु दरबार र धार्मिक क्षेत्र ज्वाला पनि हो । नाबिस्थान, श्रीस्थान, कोटिला पादुका र धुलेश्वर दैलेखको पञ्चकोशि तिर्थस्थलहरु नेपालकै प्रमुख तिर्थस्थल हुन ।

दुल्लु क्षेत्र राणा प्रधानमन्त्री जंगबहादुर राणाको बाल्यकाल बितेको ठाउँ हो । दुल्लु पुगेपछि पर्यटकले शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुकालगायतका सम्पदामा अखण्ड दीप बलेको देख्छन् । कसैले यसलाई दैवी शक्तिको चमत्कार मान्छन् । कसैले प्राकृतिक ग्याँसका कारण ज्वाला बलेको ठान्छन् ।

दैलेख श्रीस्थान क्षेत्र

अहिले यहाँ प्राकृतिक ग्याँस भएको नभएको बारे पत्ता लगाउन उत्खनन् भइरहेको छ । शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर पञ्चकोसी तीर्थस्थलका रूपले प्रख्यात मानिन्छन् । पञ्चकोसी तीर्थस्थलमध्ये अहिले शिरस्थान र नाभीस्थानमा अखण्ड रूपमा ज्वाला बलिरहेको छ । शिरस्थान मन्दिर शिरस्थान खोलानजिकै पर्छ ।

श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर घुम्ने क्रममा सतीदेवीको शिर पतन भएकाले यस स्थानलाई शिरस्थान भनेर पुज्न थालिएको जनविश्वास छ । यस क्षेत्रमा ज्वालाघर, कालभैरव कालसैनी, बटुकभैरव, शिव लिंग र धर्मशाला रहेका छन् । ज्वालाघरमा निरन्तर बलिरहने ज्वालालाई भगवान्का रूपमा पूूजा गरिन्छ । यो ज्वालालाई बडीज्वाला भन्ने गरिन्छ ।

दैलेख पञ्चदेवल

जुम्लाको चन्दननाथ र बाजुराको बडिमालिका मन्दिरमा रहेको अखण्ड दीप निभेमा यहाँको ज्वालाको आगो लगेर अखण्ड दीप जलाउने परम्परा हजारौं वर्षदेखि चलिआएको छ । शिरस्थानको दायाँतर्फ शिरस्थान र नाभीस्थान खोलाको दोभाननजिकै काली ज्वाला रहेको छ । यसका साथै यस जिल्लामा रहेका पञ्चदेवल पनि उत्तिकै लोकपृय छन् । सुर्खेतबाट ३ घण्टामा पक्की बाटो हुँदै सदरमुकाम पुग्न सकिन्छ ।

एशियाकै अग्लो दाबी गरिएको पाचाल झरना देखि कालिकोटको युद्ध संग्रहालय सम्म
कालिकोटमा रहेको पाचाल झरना नेपालकै अग्लो झरना भएको पुष्टी मात्रै भएको छैन यसलाई एशियाकै अग्लो दाबी समेत गरिएको छ । यसको लम्बाई ३८१ मिटर छ ।

यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । कालिकोट सदरमुकामबाट पूर्वी क्षेत्रमा पर्ने यो झरना हेर्न पैदल हिड्नु पर्दछ भने कर्णाली सरकारले कलिकोटलाई युद्ध संग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

अर्गानिक स्याउ, नेपाली भाषाको उद्गम स्थल सिंजा देखि तातोपानी र हिमाली मार्सी धानको जिल्ला जुम्ला
यस जिल्लामा प्रर्यटकिय हेर्न लायक धेरै ठाउँ र स्थान रहेका छन् । जस मध्ये सिंजा तातोपानी र जुम्लाका प्राचीन काष्ठकलाको अनुपम उदारणीय रहेका छन् ।

जुम्ला जिल्लाको तातोपानी गाबिसमा अवस्थित तातोपानी तिला कर्णालीको किनारमा बाह्र महिना तातोपानी बगिरहने धारा रहेका छन् । यस पानीमा एक घण्टासम्म चामल भिजाउँदा आफैँ भात पाक्ने गरेको छ । यस धारामा नुहाउँदा छाला र हाड सम्वन्धि बिभिन्न रोग निको हुने बिश्वास गरिन्छ । यातायातको सुबिधा पुगिसकेको जुम्ला जिल्लामा तातो पानीका लागि मरिहत्ते गर्ने पर्यटक थुप्रै छन् ।

तिला नदीमाथी बनाइएको ऐतिहाँसिक पुल

जुम्ला जिल्लामा हर्न लायक अर्को बिषय भनेको लिताकर्णाली नदी र सिंजा खोलामा बनेको काठेपुल हुन् । प्राचीन शैलीमा कयौँ पुस्ता अघि बनेका ति काठेपुलमा बिभिन आकृतिका चित्रहरु कारिएका भेटिन्छन । संरक्षण नहुदाँ जिर्ण बन्दै गाईरहेका पुल देख्दा अबका दिन ती रहने हुन् वा नहरने हुन भन्ने दोसाधमा नै छन् ।

मिरीचौरबाट देखिएको सुन्दर दृश्य

जुम्ला जिल्लामा एक पटक नपुगी नहुने ठाउँ जुम्ला सिंजामा हो । कर्णाली खस राज्यको राजधानी रहेको जुम्ला सिंजामा पुराना पुराना घर भेटिन्छन् । त्यतिवेला राजाका दरवारहरु तत्कालिन शाहवंशिय राजाहरुले भत्काएपनि त्यसका अवशेष अझैँ भेटिन्छन । अर्कोतर्फ खसभाषाको उत्पती भएको सिंजामा नेपाली भाषाको सामान्य जानकारी जोकोहीले पनि नपुगी नहुने ठाउँ पर्दछ ।

हिमपातपछि सेताम्य जुम्ला सदरमुकाम

जुम्लाको स्याउ बिषेशताले गर्दा पनि यो ठाउँमा पुग्न अहिले पनि कुनै गाह्रो छैन । जुम्ला पुग्न अहिले सुर्खेत वा नेपालगंजबाट गाडी वा हवाई यात्रा पनि गर्न सकिन्छ । कर्णालीमा गएर फिर्ता हुदा हाईअल्टिच्युट बाट कर्णाली नदिका रेप्टिङ्ग गर्दैै नेपालगंज वा सुर्खेतमा झर्न सकिन्छ ।

स्याउ बगैंचा जुम्ला

विश्वका बाह्रबौद्ध गुम्बाहरुमध्ये एक से–गुम्बा, नेपालकै गहिरो ताल सेफोक्शुण्डो र ठुलो निकुञ्जको जिल्ला डोल्पा
डोल्पा जिल्लाको उपल्लो डोल्पामा पर्ने से–गुम्बा विश्वका बाह्रबौद्ध गुम्बाहरुमध्ये एक मानिन्छ । यो गुम्बा प्राचीन प्यागोडा शैलीमा निर्मित छ । बौद्ध धर्मका असंख्या ग्रन्थ पाईने यस गुम्बामा पुराना बौद्ध मुर्ति छन् ।

डोल्पाको अलौकिक सुन्दरता भनेको नेपालकै गहिरो र प्रसिद्ध ताल सेफोक्शुण्डो हो । यो ४ दशमलव ८ किलोमिटर लामो,१ दशमलव ८ किलोमिटर चौडा र ६ सय ५० मिटर गहिरो छ । नेपालकै गहिरो तालका रुपमा परिचित से–फोक्सुडोको रंग सुर्यको प्रकाशसँगै फेरिन्छ । यसको सफा पानीलाई हिमश्रृंखलाले पहरा दिइरहेको दृष्य कम मनमोहक छैन् । यस तालमा पुग्नेहरुले आफुलाई स्वर्ग पुगेको महसुस गर्न सक्छन् ।

नेपालकै गहिरो ताल सेफोक्शुण्डो

से–फोक्सुडो अर्को विशेषता भनेको यस तालसँग जोडिएको निकुञ्ज हो । ३ हजार ५ सय ५५ वर्ग किलोमिटरमा फैलिएको यो निकुञ्ज नेपालकै सबैभन्दा ठुलो क्षेत्रफल ओगटेको निकुञ्ज हो ।

शेफोक्शुण्डो निकुञ्जमा भेटिएको हिमाली थार

यस निकुञ्जमा १सय ९६ प्रजातीका चरा र ३२ प्रजातीका जंगली जनवार र ४ सय ७ प्रजातीका जंगली जडिबुडी यो निकुञ्जमा पाईन्छन् । से–फोक्सुडो ताल र निकुञ्जबाट रमणीय स्थलको अवलोकन गर्दै २ घण्टामा सदरमुकाम दुनै पुग्‍न सकिन्छ । यस जिल्लाको अर्को विशेषता भनेको क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला पनि हो ।

छायाँनाथ मन्दिर र नेपालको सवैभन्दा ठुलो ताल रारा को जिल्ला मुगु

मुगु जिल्लाको डोल्पु र छिताई गाउँको सिमाना रहेको छायाँनाथ मन्दिर कर्णाली क्षेत्रका लागि धार्मिक आस्थाको केन्द्रका रुपमा छ । यसलाई कर्णाली क्षेत्रमा पुजिने ‘ठाकुर ज्यु’को मूख्य देवताका रुपमा पुज्ने गरिन्छ ।

उच्च हिमाली भेगमा रहेको यस मन्दिरमा श्रावण पुर्णिमा दिन पुजा गर्ने गरिएको छ । यस मन्दिरको पुजा गर्न कालिकोट दैलेख जुम्ला, जाजरकोट, अछाम, बाजुराका मानिसहरुको घुँइचो लाग्ने गरेको छ ।

नेपालकै ठुलो ताल रारा

रारा नेपालको सबैभन्दा ठुलो ताल हो । कतै पनि पानीको निकास नदिखिने यो ताल समुद्री सतह देखि १० हजार फिटको उचाईमा छ । १० वर्ग किलोमिटर फैलिएको यो तालको वरिपरि पैदल गोरेटो बाटोले अवलोकन गर्न सकिन्छ । निलो गाढा रंगको पानीले भरिएको यो तालमा सफा पानीमा पाईने माछादेखि जल बिहार गर्ने हाँस, जलेवा र कर्याङ्गकुरुङ्ग जस्ता अंसख्या प्रजातीका चरा पनि देख्न पाईन्छ । यो तालसँगै वन्यजन्तु निकुञ्ज जोडिएकोले निकुञ्जमा विभिन्न जातिका जंगली जनवार देख्न पाईन्छ ।

यो निकुजमा नेपालमा नै लोपोन्मुख अवस्थामा रहेको जंगली बास्नादार जनवार कस्तुरी देख्न पाईन्छ । नेपालगंज वा सुर्खेतबाट आधा घण्टाको हवाई दृष्य अवलोकन नेपालको उच्चस्थानमा रहेको मुगुको ताल्चा विमानस्थलमा पुग्‍न सकिन्छ । विमानस्थलबाट २ घण्टाको पैतलयात्रा हिडेपछि राराताल पुग्न सकिन्छ । यसबाहेक पनि राराताल पुग्नका लागि अन्य थुप्रै मार्ग प्रयोग गर्न सकिन्छ ।

दैनिक ३ पटक सुर्य उदाउने हुम्लाको नेप्का गाउँ
नेप्का गाउँ हुम्ला जिल्लाको श्रीमण्टा गाउमा पर्छ । यस गाउँमा १२ घण्टामा ३ पटक सुर्य उदाउने र अस्ताउने गर्दछ। बिहान जमिनमा सुर्यको किरण पर्दासाथ यस गाउँमा घाम लाग्छ । दिउँसो फेरि सुर्य अस्ताउछ। बेलुका फेरि सुर्य उदाउँछ। फेरि पुनः सुर्य अस्ताउँछ । यसरी नै दैनिक तीन पटक सुर्य उदाउने र अस्ताउने नेक्पा गाउँ एक पटक सबैले हेर्ने पर्ने ठाउँ हो ।

लादे ताल हुम्ला

यसको अर्को बिषेशता भनेको यसबाट चिनियाँ बजार टाके पुग्ने छोटो बाटो पनि हो । यो बाटो टाके पुग्न रोमणीय हिमताल र हिमपुल हुदैँ जानुपर्छ । बिभिन्न जडिबुडीको भण्डारको रुपमा लिईने नेप्का गाउँ यसको पाटनमा रहेका दुध दह पनि हेर्न लायक दह रहेको छ । यस दहको बिषेशता भनेको दुध जस्तै सेतो कञ्चन पानी रहेको छ ।

हिमाल पारीको रानीखर्क हुम्ला / तस्विर : नरजन तामांग

यसको प्रचार प्रसार हुन नसक्दा अहिलेसम्म यसका बारे कसैलाई पत्तो छैन । यसको अर्को बिषेशता भनेको यसबाट चिनियाँ बजार टाके पुग्ने छोटो बाटो पनि हो । यो बाटो टाके पुग्न रोमणीय हिमताल र हिमपुल हुदैँ जानुपर्छ । विभिन्न जडिबुडीको भण्डारको रुपमा लिईने नेप्का गाउँ यसको पाटनमा रहेका दुध दह पनि हेर्न लायक दह छ । यस दहमा दुधजस्तै सेतो कञ्चन पानी छ ।#hostkhabar