शहीद तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क पढाउँदै नीजि विद्यालय


बोर्डिङ्ग स्कुलले निशुल्क शिक्षा प्रदान गरेका दलित, शहीद तथा विपन्न परिवारका बालबालिकाहरू

जाजरकोट । जिल्लाको एक नीजि विद्यालयले शहीद तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरेको छ ।

भेरी नगरपालिका वडा नं १२ बागखोर स्थित शिक्षा दिप बोर्डिङ्ग स्कुलले स्थानीय तहको सिफारिस तथा सरकारले वितरण गरेको गरिव घरधुरी परिचयपत्रका आधारमा दलित, शहीद तथा विपन्न परिवारका बालबालिकालाई निशुल्क शिक्षा दिएको हो ।

कक्षा १ मा २ जना र एल.के.जी मा १ जना गरि ३ जना बालबालिकालाई शहीद, गरिव तथा विपन्न र दलित कोटाबाट निशुल्क शिक्षा प्रदान गरिएको बोर्डिङ्ग स्कुल संचालक दिनेश गौतमले जानकारी दिए । शहीद परिवारका सविन आचार्य, विपन्न परिवारका गोविन्द कामी र दलित परिवारका पार्वती वि.क लाई दुई शैक्षिक शत्रबाट निशुल्क शिक्षा प्रदान गर्दै आएको विद्यालय श्रोतले जनाएको छ ।

नीजि विद्यालयहरुको ध्यान सरकारको नीति अवलम्बन गरि गुणस्तरिय शिक्षा दिनेतिर भन्दापनि रकम अशुल्ने हुन्छ भन्ने आरोपलाई गलत सावित गर्नका लागि सामुदायिक विद्यालय सरह कोटा निर्धारण गरि निशुल्क शिक्षा दिइएको गौतमको भनाई छ ।