भुतपूर्व “प्रेमी” लाइ अन्तिम आग्रह !


विमला सिंह
त्यसपछि ?
सुन्छौ के भयो??
सुन !
स्वभाव बद्लिएपछी सम्बन्ध पनि बद्लिए
साइनो जोडियो निभाउन जानिएन ,
निभाउन सिकियो र पनि जोगाउन सकिएन

अनि उनि तिम्रो पहिलो श्रीमती र
म तिम्रो अन्तिम प्रेमिका भए
प्रेम त थियो तर हामी प्रेमी रहेनौ

बन्धमा बाधिएर तिमि आजात हुँदा
म आजत भएर पनि स्वतन्त्र हुन सकिन

अनि यो सबैपछी ,
जब तिमि पराइ लाग्न थाल्यो
मलाई म पनि प्यारो लाग्न थाल्यो
तिमि धेरै टाढा गएपछि
तिम्रा याद भन्दा चाडै अरु नजिक आइपुग्न थाले

तिमि सफल मान्छे बनेउ
म पनि फेरी असल सन्तान भए
त्यहीँ असल सन्तानको अब कसैको श्रीमती बन्दैछे
मैले तिम्रो प्रेमिकाको हकले तिम्री दुलही श्रिङ्गारेकी थिए
तिमि नैतिकताले आएर आशीर्वाद दिनु
तिमिलाइ तिम्रो,
अन्तिम प्रेमिकाको अन्तिम आग्रह !