टकेन्द्र रोकायको ‘असारी’ गित सार्वजनिक (भिडियो सहित)



जाजरकोट । जाजरकोटी गायक टकेन्द्र रोकायको ‘असारी’ गित सार्वजनिक भएको छ । लोक पपको लयमा रहेको ‘असारी’ गित म्युजिक नेपालले सार्वजनिक गरेको हो । टकेन्द्र रोकायको शब्द संकलन, लय तथा स्वरमा रहेको गितमा केशव श्रेष्ठ, सुमिना वि.सी, रुपेन्द्र सिंह, काली बहादुर बुढा र इन्द्रजित खड्काको अभिनय रहेको छ । यस भन्दा अघि पनि गायक रोकायले बजारमा ल्याएको ‘माली गाई’ नामक गित युवा पुस्ताको लागि निकै लोकप्रिय बनेको थियो ।