उद्योग वाणिज्य संघको कार्यसमितिले दियो घरभाडामा छुट


जाजरकोट । जाजरकोट उद्योग वाणिज्य संघको कार्यसमितिले घरभाडा छुट दिने भएको छ ।

कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले देशभर लकडाउन गरेपछि कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुले आप्mनो घरमा भाडामा बस्नेहरुलाई सो अवधिभरको घरभाडा छुट दिने भएका हुन ।

लकडाउनका कारण नागरीकलाई आर्थिक समस्या हुने भएपछि कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुले घरभाडा छुट दिने निर्णय गरेको जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण खत्रीले जानकारी दिए ।

कोरोना भाइरसका कारण विश्व संकटमा परिरहेका बेला विभिन्न व्यक्रिहरुले नागरीकहरुलाई आ आफ्नो तर्फबाट राहत प्रदान गरिरहेका छन । सोही क्रममा आफुहरुले पनि सो निर्णय गरेको अध्यक्ष खत्रीको भनाइ छ ।

आफुहरुको उक्त निर्णयले घर भाडामा बस्नेहरुलाई थोरै भएपनि राहत हुने भन्दै अन्य घरधनीहरुले पनि आफ्नो घरको घरभाडा छुट दिदा संकटको बेला सहयोग पुग्ने उनको विस्वास छ ।

लकडाउनको अवधिमा बैठक बसेर लिखित निर्णय गर्न सम्भव नभएकोल टेलिफोन मार्फत सल्लाह गरेर उक्त निर्णय गरेको अध्यक्ष खत्रीले बताए ।