नेकपा जाजरकोटका नेता हमालले गरे घरभाडा नलिने घोषणा


जाजरकोट । जिल्लाका एक युवानेताले आफ्नो घरमा घरभाडामा लिई बस्नेहरुबाट घरभाडा नलिने घोषणा गरेका छन । जिल्ला सदरमुकाम स्थित ठाँटी बजार घर भएका नेकपाका युवानेता तप्त हमालले सरकारले आव्हान गरेको बन्दाबन्दी (लकडाउन) अवधीभरको घरभाडा नलिने घोषणा गरेका हुन ।

विश्वव्यापी माहामारी रूपमा फैलिएको कारोना भाईरस (कोभड–१९) ले देश संकटमा परेको र कतिपय मान्छेहरूको दैनिकी चलाउन पनि समस्या भैरहेको भन्दै यो विपत समाधान नहुन्जेल सम्म हमाल दम्पत्तिले घरभाडा नलिने बताएका हुन । कोठा, फल्याट तथा सटर भाडामा लिई बस्ने तथा व्यवसाय गर्ने कसैबाट पनि भाडा नलिने हमाललृे बताए ।

यसका साथै लकडाउनको समयावधी लम्बिएपछि भाडामा बस्नेहरूलाई घरभित्रै बसेर विभिन्न सूचना, समाचार र मनोरन्जन लिनका लागि इन्टरनेट पनि जोडिदिएको उनिहरुको भनाई छ । आफ्नो घरमा बस्नेहरूलाई घरभित्र बसेर आफु पनि बचुन र अरूलाई पनि बचाउन् भन्ने उद्देश्यले वाईफाई जडान गरिदिएको हमाल पत्नी भवानीसरा बताउछिन ।

हमालको घरको सटर भाडाका लिएर सिलाईकटाई व्यवसाय संचालन गरेका भिम सागर परिवारले भने “बन्दका कारण साँझबिहान हातमुख जोड्नै धौ–धौ भएको बेला घरभेटीको भाडा नलिने कुराले राहत महसुश भएको छ” ।

जिल्लाको कुशे गाउँपालिका स्थायी घर भएका नेता हमालले आफ्नो गाउँपालिकामा गएर गाउका नागरीकलाई आफ्नो निजी लगानीमा मास्क वितरण गर्ने र कोराना भाईरस सम्बन्धि जनचेतनामुलक सन्देश प्रवाह गर्ने सोच रहेको बतउछन ।

जाजरकोटमा व्यक्तिगत रुपमा घरभाडा छुट गर्ने निर्णय लिनेमा हमाल दम्पत्ति पहिलो हुन । यसअघि संस्थागत रुपमा जाजरकोट उद्योग वाणिज्य संघको कार्यसमितिले लकडाउन अवभधीभरको घरभाडा नलिने घोषणा गरेको थियो ।