जाजरकोटका ११ पत्रकारहरुकाे स्वाव संकलन


जाजरकाेट । जिल्लाका ११ जना पत्रकारहरूकाे स्वाव संकलन गरिएकाे छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण जाँच गर्न पिसीआर विधिवाट स्वाव संकलन गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा जाजरकोटलाइ कार्यक्षेत्र वनाएर काम गर्ने विभिन्न सन्चार माध्यममा कार्यरत ११ पत्रकारहरुको पिसीआर विधिवाट परीक्षण गर्नका लागि स्वाव संकलन गरिएको हो ।

विहिवार जाजरकोट अस्पतालमा नागरिक दैनिकका जनक केसी, अन्नपुर्ण पोष्टका राजेन्द्र कार्की, कान्तिपुर दैनिकका भीमवहादुर सिंह, नेपाल टेलिभिजनका वीरवहादुर गिरी,गोरखापत्र दैनिकका सहदेव वस्नेत, उज्यालो नेटवर्कका वालकुमार शर्मा , राष्ट्रिय समाचार समितिका हेमन्त केसी, डिजिटल सन्चारका दिपवहादुर घर्ती, भिजन खवर अनलाइनका पवन शर्मा, च्वाइसखवर अनलाइनका सरोज वली र जाजरकोट एफएमका नवराज शाहीको स्वाव संकलन गरिएको हो ।

कोरोनाको संक्रमणको जोखिम वढी सुरक्षाकर्मी, स्वास्थ्य कर्मी र सन्चारकर्मीहरुमा नै हुने भएकोले उनीहरुको अवस्था जाँच गर्न जिल्लाका पत्रकारहरुको स्वाव संकलन गरि सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले वताए । उनले कोरोना संक्रमणको जोखिमका वावजुत पनि पत्रकारले समाचार संकलनमा खटिनु पर्ने भएकोले उनीहरुमा कोरोनाको संक्रमणको अवस्था जाँच गर्न यो स्वाव संकलन गरिएको र एक दुइ दिनमा यसको रिपोर्ट आउने वताए ।

आफनो ज्यान जोगाएर अरुको पनि ज्यान जोगाउने काममा सवैको सक्रियता रहनु पर्ने भएकोले पत्रकारहरुको पनि कोरोना संक्रमणको परीक्षण जरुरी रहेको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंहले वताए । उनले पिडित जनताको सुख दुखको खवर लिन सवै भन्दा पहिला पत्रकार नै उनीहरु माझ पुग्ने भएको उनीहरुको सवै प्रकारको सुरक्षा तर्फ सरकारले ध्यान दिनु पर्ने वताए ।