नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए, पछिल्लो २४ घण्टामा ६७१ संक्रमित


काठमान्डाैं । नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ जना पुगेको छ। जसमा १ हजार ७२ पुरुष ११४ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै नेपालमा कोरोना संक्रमण देखिएका २० जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जानकारी दिए।