भेरी नगरपालिकाले ल्यायाे ६८ कराेडकाे बजेट (पुर्णपाठ सहित)

स्वास्थ्य र कृषि क्षेत्रलाइ प्राथमिकता

जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट ल्याएको छ ।

नगरपालिकाको बिहिबार सम्पन्न बजेट सभामा उपप्रमुख भावना भण्डारीले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६८ करोड ५ लाख ५८ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।

आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम सहितको बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ रु १० करोड २३ लाख ६२ हजार ८ सय र पूँजीगत खर्चतर्फ रु १३ करोड ९५ लाख ९६ हजार, सर्शत अनुदान तर्फ ३३ करोड ७३ लाख र सामाजिक सुरक्षा भत्ता १० करोड १३ लाख बजेट प्रस्तुत गरिएको छ ।

प्रस्तुत नीति, कार्यक्रम तथा बजेटले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ भने कृषि, शिक्षा, पुर्वाधारका र विपद् व्यवस्थापनका क्षेत्रहरु क्रमशः प्राथमिकतामा परेका छन । नगरपालिकाले जातिय भेदभाव मुक्त नगर घोषणाका लागि अभियान संचालन, बालमैत्री नगर घोषणाका लागि मेयरसंग वालवालिका कार्यक्रम, महिलासंग उपमेयर कार्यक्रम, शववहान खरिद जस्ता कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेको छ ।

सभाको समापन गर्दै नगरप्रमुख चन्द्र प्रकाश घर्तीले संघीय तथा प्रदेश सरकारको प्राथमिकताको आधारलाई मध्यनजर गरेर बजेट ल्याईएको बताए । विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे कोभिड-१९ काे संकटकाे अवस्थालाई ख्याल गरेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको नगर प्रमुख घर्तीको भनाई छ । स्थानीय तहहरूले अषाढ १० गते भित्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिसक्नु पर्ने संवैधानिक व्यवस्था बमाेजिम भेरी नगरपालिकाले बुधबार सभाकाे उद्घाटन गरेर विहिवार सम्पन्न गरेकाे हाे ।

(पुर्णपाठ) भेरी नगरपालिका, बजेट भाषण-२०७७।७८