नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं। नेपाल कम्युनिष्‍ट पार्टीको जारी स्थायी कमिटी बैठकअन्तर्गत आज पाँचौ दिनको बैठक स्थगित गरिएको छ।

नेपाली कांग्रेस प्रतिनिधि सभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको र आजको सदनमा शोक प्रस्ताव पेश हुने भएकोले बैठक छोटो समय बसेर स्थगन गरिएको छ।

आजको बैठकमा पनि हिजोकै एजेन्डामा छलफल जारी रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्‍ठले बताएका छन्।

आजको बैठकमा नन्दकुमार प्रसाई, लिलामणी पोखरेल, पेशल खतिवडा, मात्रिका यादव र योगेश भट्टराईले आफ्नो धारणा राखेका छन्।

 १० असारदेखि जारी नेकपा स्थायी कमिटी बैठक अन्तर्गत छैटौं दिनको बैठक भोलि बिहान ११ बजे डाकिएको छ।