जङ्गली च्याउ खाँदा जाजरकोटमा १ को मृत्यु , ८ जनाकाे अवस्था गम्भिर


जाजरकोट । जिल्लाको कुशे गाउँपालिका –१ स्याँक्रीमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यू भएको छ । अन्य ८ जनाको अवस्था गम्भिर छ । बिशालु च्याउ खादा स्थानीय जनक चलाउनेकी ३ वर्षीया छोरी अन्जना चलाउनेको विहान २ बजे मृत्यु भएको हो ।

जङ्गली च्याँउ खाएका ५० वर्षीय टेक बहादुर चलाउने, ३० वर्षीय ललित चलाउने , ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीया पशुपती चलाउने, ९ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भिर विरामी भएको कुशे गाउँपालिका १ का वडा अध्यक्ष गोपाल नेपालीले जानकारी दिए ।

तीन घर परिवारले एकै पटक जङ्गली च्याउ खाएका थिए । गम्भिर विरामी भएकाहरुको उद्धारका लागि हेलिकोप्टरको पहल भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।