बारेकोट पहिरो पिडितलाई खाद्यान्न सहयोग


जाजरकोट । बारेकोटका पहिरो पीडितलाई विश्व खाद्य कार्यक्रमले खाद्यान्न सहयोग गरेको छ । गत असार २५ गते गएको पहिरो बाट विस्थापित परिवारलार्ई विश्व खाद्य कार्यक्रमको सहयोग, पाँचतारा यूवा संरक्षक मञ्चको समन्वयनमा र बारेकोट गाउँपालिकाको सहकार्यमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको बारेकोट गाउँपालिकाले जानकारी दिएको छ ।

पहिरोवाट विस्थापित ७ सय ७४ जनालाई खाद्यान्न सहयोग गरिएको हो । जस अन्तरगत प्रत्यक घरधुरीलाई ३० केजी चामल, ९ किलो दाल, २ लिटर तेल, १ किलो नुन , सुत्केरी तथा बालबालिकालाई ६ किलो पोषण युक्त पिठो प्रदान गरिएको छ ।

 

पहिरोबाट बारेकोट गाउँपालिकाका १ हजार २ सय घर परिवार विस्थापित छन । गत असार २५ गते पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने १ जना अझै वेपत्ता छन ।