नलगाड नगरपालिका एक हप्ताका लागि सिल


जाजरकोट । जिल्लाकाे नलगाड नगरपालिका एक हप्ताका लागि सिल गरिएको छ । नगरपालिकाका तीनजना कर्मचारीमा कोरोना भाइरस (काेभिड १९) पोजिटिभ देखिएपछि आगामी असोज ५ गते सम्मका लागि नगरपालिका सिल गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए ।

कोरोना संक्रमण फैलन सक्ने भन्दै एक हप्ताका लागि नगरपालिकाको सबै कामकाज बन्द गरिएको उनले बताए । संक्रमित कर्मचारीलाई आइसोलनमा राखिएको छ ।

जाजरकोटमा हाल सम्म ६४ जना कोरोना संक्रमण भएको छ । त्यसमध्ये ५६ जना निको भएर घर फर्किएका छन ।