“मेराे कर्णाली” – फूलमाया शाही


कर्णालीमा मेरो गाउँ छ,
यसको आफ्नै पहिचान छ,
यसको आफ्नै नाउँ छ ।
दुरदराजमा छ, सबै देखि टाढा
पिछडिएको यस्तो ठाउँ छ ।

कसले चिन्दैन र गाउँ छ,
मेरो जन्मभूमि
सबैभन्दा सुन्दर ठाउँ छ ।

वसन्त लहराउँछ लहरामा
कोकिल गाउँछ पहरामा
जल नाच्छ छहरामा
म रमाउँछु मेरै पाखापखेरामा ।

कर्णालीमा मेरो गाउँ छ
ढिडो र सिस्नो मा रमाउँछ ।
जान्दैन गर्न छलकपट
सादा जीवनमै रङ्ग भर्दछ ।

न हिंसाको कुनै डर छ
न राज्यको कुनै भर छ ।
जिउँदा मात्र शान्ति हैन
मर्दा नि शान्ति मै मर्छ ।

कर्णालीमा मेरो गाउँ छ
यसलाई स्वर्गको उपनाम छ ।
छैन वैमनस्य एक अर्कामा
बैगुनीलाई नि गुन लगाउँछ ।

न महँगो शिक्षा छ
न राज्यले दिएको सुविधा
दुश्मनै आउन पाहुना बनी
गर्र्दैन सत्कारमा दुविधा

कर्णालीमा मेरो गाउँ छ
जो आउँछ यहाँ रमाउँ छ ।
चाहिदैन लौरी दुःखमा
समाजले नै हात समाउँ छ ।

गाउँ मन पराउँदैनन् डाक्टरले
के गरोस् सहरको ओखतीले
आजसम्म स्वस्थ छ मेरो कर्णाली
यी वनपाखाका जडिबुटीले
कर्णालीमा मेरो गाउँ छ

आफ्नै भाषा,सस्कृतिमा रमाउँछ ।
ज–जसले पु¥याउँछ एकै दृश्य यहाँ
स्वर्गको आनन्द यही पाउँछ ।
कर्णालीमा मेरो गाउँ छ ।