गजल- फूलमाया शाही
देखिँदा चरित्र कुरुप सिसा चर्काएर गयो
एउटा कोमल फूलले पत्थर जमाएर गयो ।
यो कस्तो रोपेछु मैले पिरतीको खेती
चली खडेरी घातको सबै सुकाएर गयो ।
म भन्दा गरिब रहेछ यो प्यार पनि
मुस्किलले उब्जेका खुसी मेरा चुडाएर गयो ।
मिलेनरे सम्मान यता गुन्यु र चोलीमा
एउटा नग्न रुपको ट्याटुमा रमाएर गयो ।
कयोैँ पुस्तक र विद्यालयबाट नसिकेको कुरा
जिन्दगीले दुनियाँ र जिन्दगी देखाएर गयो ।
आउँदा उज्यालो दिन्छु भनी आयो प्यार
जानी बेला दिलको उज्यालो निभाएर गयो ।।
-फूलमाया शाही, (जाजरकोट)