अनेरास्ववियू जाजरकोटले पायाे पुर्णता (सुचिसहित)

५१ सदस्यीय जिल्ला कमिटी गठन

जाजरकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जाजरकोटले पुर्णता पाएकाे छ । नेपाल कम्यूनिष्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको जिल्लाको एकता प्रक्रिया सम्पन्न भएको हो ।

साविकका एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएपछि अनेरास्ववियू जाजरकोटको संयोजक र सह–संयोजक मात्र तोकिएको थियो । संयोजकमा प्रदिप खड्का रहेका छन् भने, सह–संयोजकमा कृष्णराज सिंह रहेका छन् । संयोजक खड्का तत्कालिन अनेरास्ववियूका जिल्ला अध्यक्ष हुन भने, सह–संयोजक सिंह तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का कार्यबहाक अध्यक्ष हुन्। केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, अटल आचार्य र चन्द्र पुनमगरको विशेष उपस्थितिमा आज सम्पन्न बैठकले संगठनको जिल्ला कमिटीलाई पुर्णता दिनुका साथै कार्यालय कमिटी, सचिवालय कमिटी, निर्वाचन क्षेत्रिय कमिटी, पालिका स्तरिय कमिटी र क्याम्पस स्तरिय कमिटीको नेतृत्व टुंग्याएको हो ।

संयोजक खड्काको संयोजकत्वमा ७ सदस्य जिल्ला कार्यालय टीमको गठन भएको छ । जसमा तत्कालिन अनेरास्ववियूबाट प्रदिप खड्का, कृष्ण शर्मा र दिनेश गौतम रहेका छन् भने, तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) बाट कृणराज सिंह, प्रेम केसी, अजित आचार्य र राजन राना रहेका छन् ।

संयोजक खड्काको संयोजकत्वमा १६ सदस्य सचिवालय गठन भएको छ । जसमा तत्कालिन अनेरास्ववियूबाट प्रदिप खड्का, कृष्ण शर्मा, दिनेश गौतम, चागुनारायण बिष्ट, जानुका मल्ल, कृष्ण शाह, जगतध्वज शाही, डम्बर खड्का र तिलक खड्का रहेका छन् भने, तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) बाट कृणराज सिंह, प्रेम केसी, अजित आचार्य, राजन राना, धुर्वलाल शर्मा, टोपबहादुर वुढा र छवीराज सिंह रहेका छन् ।

त्यसैगरी ५१ सदस्य जिल्ला कमिटी गठन गरिएको छ । जसमा तत्कालिन अनेरास्ववियूबाट प्रदिप खड्का, कृष्ण शर्मा, दिनेश गौतम, चागुनारायण बिष्ट, जानुका मल्ल, कृष्ण शाह, जगतध्वज शाही, डम्बर खड्का, तिलक खड्का, दुर्गबहादुर श्रेष्ठ, राजेन्द्र विवश पुन, हरिबहादुर कार्की, महेन्द्र महतरा, तेजु बोहरा, प्रेम गिरी, मनरुप परियार, लक्ष्मी बिसी, प्रकाश शाही, राजन थापा, विमला सिंह, योगेन्द्र सिंह, केशवजंग वुढा, लोकेन्द्रनाथ योगी, बालकृष्ण शाही, कल्पना विक र अनिस रावल रहेका छन भने, तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) बाट कृणराज सिंह, प्रेम केसी, अजित आचार्य, राजन राना, धुर्वलाल शर्मा, टोपबहादुर वुढा, छवीराज सिंह, टेक बहादुर खत्री, जयबहादुर पुन, सोमराज केसी, प्रकाश न्यौपाने, लक्ष्मी आरसी, कविन्द्र घर्ती, मिना शाही, प्रेमबहादुर बस्नेत, शान्तबहादुर वुढा, गोविन्द चन्द, रेशम चन्द, शिव परियार, प्रदिप खत्री, लालबहादुर परियार, मेनुका केसी, हरि बहादुर रावत, विशाल किरण बस्नेत र नवराज सुनार रहेका छन् ।

त्यसैगरी जिल्लाको प्रदेश निर्वाचन क्षेत्रका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी दिएको छ । जसमा प्रदेश निर्वाचन क्षेत्र (क) को ईन्चार्जमा तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का धुर्वलाल शर्मालाई तोकिएको छ भने, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियूका कृष्ण शाहलाई जिम्मेवारी दिईएको छ । त्यसैगरी संयोजकमा तत्कालिन अनेरास्ववियूका जगतध्वज शाही र सह–संयोजकमा तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का हरिबहादुर रावतलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी । प्रदेश निर्वाचन क्षेत्र (ख) को ईन्चार्जमा तत्कालिन अनेरास्ववियूका कृष्ण प्रसाद शर्मा र सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का प्रेमबहादुर बस्नेतलाई मनोनित गरिएको छ भने, संयोजकमा तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का प्रदिप खत्री र सह–संयोजकमा तत्कालिन अनेरास्ववियूका लक्ष्मी बिसीलाई मनोनित गरिएको छ ।

त्यसैगरी जिल्लाका सातवटै पालिकाका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी ताकिएको छ । जसमा बारेकोट गाउँपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका प्रेम गिरी, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का बिशालकिरण बस्नेत, संयोजकमा तत्कालिन अनेरास्ववियू (क्रान्तिकारी) का नवराज सुनार र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका विमला सिंहलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी नलगाड नगरपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका चागुनारायण विष्ट, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का जयबहादुर पुन, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का टेकबहादुर खत्री र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका मनरुप परियारलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी भेरी नगरपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका डम्बरबहादुर खड्का, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का गोविन्द चन्द, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का झरना चन्द र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका हरिबहादुर कार्कीलाई जिम्मेवारी दिईएको छ ।

कुशे गाउँपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का प्रकाश न्योपाने, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका जानुका मल्ल, संयोजकमा तत्कालिन अनेरास्ववियुका प्रकाश शाही र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का अर्जुनराज सिंहलाई जिम्मेवारी दिईएको छ ।

जुनीचाँदे गाउँपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका बालकृष्ण शाही, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का मिना शाही, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का कविन्द्र घर्ती र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका लोकेन्द्र नाथ योगीलाई जिम्मेवारी दिईएको छ ।

छेडागाड नगरपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का लालबहादुर परियार, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका महेन्द्र महतरा, संयोजकमा तत्कालिन अनेरास्ववियुमा तिलक खड्का र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का गणेश अधिकारीलाई जिम्मेवारी दिईएको छ ।

शिवालय गाउँपालिकाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का टोप बहादुर वुढा, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका महेन्द्र महतरा, संयोजकमा तत्कालिन अनेरास्ववियुका योगेन्द्र सिंह र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का रमेश थापालाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी जिल्लाका तीन वटा क्याम्पसको ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी किटान गरिएको छ । जसमा भेरी ज्ञानोदय क्याम्पस खलंगाको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का छवीराज सिंह, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका दुर्गाबहादुर श्रेष्ठ, संयोजकमा तत्कालिन अनेरास्ववियुका दिनेश गौतम र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का किशोर सिंहलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी नलगाड बहुमुखी क्याम्पस दल्लीको ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का सोमराज केसी, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका कल्पना विक, संयोजकमा तत्कालिन अनेरास्ववियुका अनिस रावल र सह–संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का शेरबहादुर विकलाई जिम्मेवारी दिईएको छ ।

त्यसैगरी जन ज्ञानकुञ्ज क्याम्पस दशेराको ईन्चार्जमा तत्कालिन अनेरास्ववियुका लक्ष्मी बिसी, सह–ईन्चार्जमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का लक्ष्मी प्रसाद शर्मा, संयोजकमा तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी) का राजन थापा र सह–संयोजकमा तत्कालिन अनेरास्ववियुका राजेन्द्र विवश पुनलाई जिम्मेवारी दिईएको छ ।

विभाग गठनको काम भने अझै बाँकी रहेको संयोजक प्रदिप खड्काले बताए । बैठकले गरेकाे निर्णय नेकपाकाे पार्टी कार्यालयमा पार्टी नेताहरू समेतकाे उपस्थितिमा सार्वजनिक गरिएकाे अध्यक्ष खड्काले जानकारी दिए ।