भीरबाट लडेर बारेकोटमा एक महिलाको मृत्यु


जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यू हुनेमा गाउँपालिका ६ , ताँसीकी २४ बर्षीय अप्सरा बि.क रहेको स्थानिय हरिबहादुर बि.कले बताए ।

स्थानीयका अनुसार कार्कीगाउँ नजिकै पर्ने धनिखोलाको नजिकै घाँस काट्न गएकी विक दिउसाे करिब १ बजे तिर भिरबाट लडेकाे र उपचारका लागी ल्याउदै गर्दा बारेकोटकाे काउँली बजार नजिक मृत्यु भएकाे हाे ।