ब्लड क्यानसरबाट मृत्यु भएका निरजका परिवारलाई अनेरास्ववियूकाे ४० हजार सहयाेग



जाजरकाेट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जाजरकोटले ब्लड क्यानसरबाट मृत्यु भएका निरज शर्माका परिवारलाई क्रिया खर्च सहयोग गरेको छ ।

जिल्लाको कुशे गाउँपालिका ५ का १७ वर्षिय मृतक शर्माका परिवारलाई क्रिया खर्च स्वरुप ४० हजार रुपैया हस्तान्तरण गरेको हो । शर्माको मृत्यू भएको आज एधारौं दिनको पुन्यतिथिका अवसरमा शर्माकै घरमा गएर मृतक निरजका वुवा रामचन्द्र शर्मालाई क्रिया खर्च वापतको रकम हस्तान्तरण गरिएको अनेरास्ववियू जिल्ला कार्यालय सदस्य दिनेश गौतमले जानकारी दिए।

लामो समय देखि ब्लड क्यानसरबाट ग्रसित निरज शर्माको उपचारका क्रममा गत असोज १८ गते सिभिल हस्पिटल, काठमान्डौंमा निधन भएको थियो । रकम हस्तान्तरण कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य अटल आर्चाय, जिल्ला संयोजक प्रदिप खड्का, क्षेत्रिय अध्यक्ष जगतध्वज शाही र जिल्ला कार्यालय सदस्य दिनेश गौतमको उपस्थिति रहेको थियो । रकम हस्तान्तरण गर्दै अनेरास्ववियूका केन्द्रीय सदस्य अटल आचार्यले परिवारजनमा श्रदान्जली व्यक्त गरे ।

पारिवारिक स्थिति कमजोर रहेका निरज लाई बचाउका लागि अनरेस्ववियू जाजरकोटले यस अघि सहयोग संकलन अभियान मार्फत संकलन भएको १ लाख २ हजार रुपैयाँ सहयोग गरेको थियो ।