युवा नेता गौतमले गरे अनाथाश्रमका वालवालिकालाई स्टेशनरी वितरण


जाजरकाेट । राष्ट्रिय युवा संघका नेता लोकेन्द्र गौतमले नेपाल आमा अनाथ आश्रम, जाजरकोटमा रहेका २९ जना वालवालिकालाई स्टेशनरी सामाग्री वितरण गरेका छन ।

गौतमले आफ्नो जन्मदिनको अवसरमा आश्रममा रहेका वालवालिकाका लागि आवश्यक पर्ने कापी कलम वितरण गरेका हुन । गौतमले आज विहान जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण खत्री, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिप बहादुर घर्ती, प्रेस संगठन नेपाल जाजरकोटका सह–संयोजक भरत शर्मा तथा जिल्ला स्थित अन्य युवा र विद्यार्थी नेताहरु सहित आश्रममा गएर व्यवस्थापक सहदेव जंग शाहको रोहवरमा स्टेशनरी सामाग्री हस्तान्तरण गरेका गरेका छन ।

जिल्लाको बारेकोट गाउँपालिका ९ मा स्थायी घर भएका गौतम साविकको युवा संघ नेपालको कर्णाली प्रदेश कमिटी सदस्य हुन भने हाल नेकपाको बारेकोट गाउँ कमिटी सदस्य छन । लामो समयदेखि शैक्षिक व्यवसायमा रहेकोले जन्मदिनको अवसरमा अनथालयमा स्टेशनरी सामाग्री वितरण गरेको गौतमले बताए । आफ्नो सानो सहयोगले वालवालिकाको पढाईमा सकारात्मक सहयोग पुगोस भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको गौतमको भनाई छ ।

जन्मदिन लगाएतका उत्सवमा फजुल खर्च गर्नेको लहर बढ्दै गएको बेला गौतमले उदाहरणिय कार्य गरेको सहभागिहरुकाे भनाई छ ।