दीपेन्द्र माविको विव्यस अध्यक्षमा घर्ती



जाजरकोट । जिल्लाको भेरी नगरपालिका ९, भुर स्थित दीपेन्द्र माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नरेन्द्र राज घर्ती चयन भएका छन ।

विद्यालयमा आइतबार सम्पन्न अभिभावकहरुको भेलाले घर्तीको अध्यक्षतामा सर्वसम्मत रुपमा विव्यसको टुंगो लगाएको हो । भेलाले विव्यस सदस्यहरुमा हर्क बहादुर कार्की, लिला केसी, जयान्ता गोसाई, रामकला खत्रीलाई चयन गरेको विद्यालयका लेखापाल किरण प्रकाश चन्दले जानकारी दिए ।

अध्यक्ष चयन भएका घर्ती सत्तारुढ नेकपा निकट युवा विद्यार्थीकाे राजनितिमा सक्रिय युवा हुन ।

भेलाले विव्यस सदसयमा अध्यक्षकाको आकांक्षि रहेका गोपाल प्रसाद पौडेललाई लिने निर्णय गरेपनि उनले सदस्यवमा जान अस्वीकार गरेका छन । पौडेल सदस्य बन्न नमाने पछि उक्त ठाउँमा एक जना सदस्य मनोनयन गर्न बाँकी रहेको चन्दले बताए । भेरी नगरपालिका भित्रका विद्यालयहरुमा हाल विद्यालय व्यवस्थापन समिति गठनको काम तिव्ररुपमा भईरहेको छ ।

यस अघि संघीय शिक्षा ऐन बमोजिम विव्यस बन्ने गरेकोमा अव स्थानीय शिक्षा ऐन निर्माण भई कार्यान्वयनमा आएकोले सोही बमोजिम विव्यस गठन भईरहेका शिक्षा अधिकृत अमृत बहादुर पुनको भनाई छ ।