कर्णाली प्रदेश संसदीय समिति सभापतिको गाडीमा आगजनी


 

जाजरकाेट । कर्णाली प्रदेश सभा अन्तरगतकाे प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति सांसद गणेशप्रसाद सिंहको गाडीमा गए राती आगजनी भएको छ । प्रदेश सरकार मार्फत संचालन भएका याेजनाकाे अनुगमनका लागि जिल्लाकाे भेरी नगरपालिका–७ पुन्मा पुगेका साँसद सिंहको गाडीमा अज्ञात समुहले राती १० बजेतिर आगजनी गरेकाे बताइएकाे छ ।

जाजरकाेट प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टी हुन सकेको छैन, प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले भने–‘ शुक्रबार भेरी नगरपालिकाको स्यालीबजारमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुनका लागि माननीय ज्यु र पार्टी अध्यक्ष ढकवीर राना बिहिबार नै वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरमा पुग्नु भएको रहेछ, वडाअध्यक्षको घरमा गाडी नपुग्ने भएपछि गाडी पार्किङ्ग गरेर वडाअध्यक्षको घरमा बास बसिरहेको अबस्थामा राति १० बजेतिर पार्किङ्ग गरेको ठाउँमा माननीय ज्युको गाडीमा कसले आगो लगाई दिएछ ।’

गाडीमा आगजनी गर्नुकाे कारण पत्ता लाग्न नसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्टले बताए । सरकारी गाडीमा आगो लगाउने मान्छेको पहिचान गर्न नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्टले जानकारी दिएका छन् ।