गाउँपालिका अध्यक्ष आचार्यले अभिनय गरेकाे “जुनीचाँदे गाउँ” सार्वजनिक (भिडियाे सहित)


जाजरकाेट । जिल्लाकाे जुनिचाँदे गाउँपालिका की का.वा. अध्यक्ष शिवा अाचार्यले अभिनय गरेकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । सर्वाधिक श्रोताहरुको मन जित्न सफल चर्चित गायिका मेलिना राई र जाजरकोटका युवा गायक रेशम शाहीको आवाज रहेकाे ‘जुनीचाँदे गाउँ’ बोलको गित भिडियो सहित बजारमा आएको छ ।

जुनीचाँदे गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको ‘जुनीचाँदे गाउँ, हाम्रो स्वर्ग जस्तो ठाउँ’ भन्ने बोलको पालिका गीत युटिभी युटूब च्यानलबाट सार्वजनिक गरिएकाे छ । दीपक शाही र करुणा रावतले क्रोरस स्वर दिएको गीतको शब्द संकलन गाउँपालिका अध्यक्ष  शिवा आर्चायको रहेको छ भने, शशि विक्रम थापाको संगित रहेको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा बहुँ प्रतिभा तथा कला संरक्षण केन्द्र, जाजरकोटले पालिका गानको म्युजिक भिडियो निर्माण गरेको छ । उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको म्युजिक भिडियोको नृत्य निर्देशन हिरा भुजेलले गरेका छन् । राजन थापाको श्रृङगारमा तयार भएको म्युजिक भिडियोलाई छाँयाङ्कण दिव्यराज सुबेदीले गरेका छन् । चर्चित नृत्यकार प्रसंशार परी, विमला अधिकारी, प्रेम केसी र खेमराज बस्नेतले अभिनय गरेको म्युजिक भिडियोको अतिथि कलाकारमा चलचित्रकर्मी सुशिल पोखरेल रहेका छन् भने, विशेष भुमिकामा गाउँपालिकाका काबा अध्यक्ष शिवा आचार्य रहेकी छन् ।

विगत १० बर्षिय जनयुद्धमा सहभागी रेशम शाही बाल छापामार तथा जनवादी कलाकार हुन् । जिल्लाको पहिलो आधुनिक गायक रेशम शाहीले ३ पटक बेसिक कोर्ष पुरा गरी सकेका संगितका बिद्यार्थी हुन् ।

गायक शाहीले जिल्लामा संगित तथा नृत्य प्रशिक्षण केन्द्र संचालन गर्नुको साथै जाजरकोट गिति आईडल, सडक नाटक, गीत लेखन तथा गायन जस्ता थुप्रै कामहरु गरिसकेका छन् । गीत लेखन तथा गायन, नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका शाही जिल्लाका लोकप्रिय कलाकार हुन् । १२ बर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा माओवादी जनयुद्धमा लागेर जनवादी कलाकार शाही हाल राजनीतिदेखि टाढा भएतापनि कलाक्षेत्रमा भने, निरन्तरता दिईरहेका छन् ।

आफ्नै शब्द र स्वरमा रहेको पहिलो गित शाहीले २०६८ सालमा (नाताले आफ्नो हुने भए) निकालेका थिए । उक्त गीत मध्यपश्चिममा निक्कै चर्चित भएको थियो । त्यसपछि मुग्लानी जागिर, गोठालो दाई, न भो बिछोड लगाएतका थुपैर गितहरुको लेखन तथा गायन पुरागरेका शाहीले १० बर्षपछि (जुनीचाँदे गाउँ) बोलको पालिका गानलाई बजारमा ल्याएका छन् । ‘साईलदाई’ कमिडीयन शाही फिल्मि क्षेत्रमा पनि अगाडी बढिरहेका छन् । जाजरकोट जिल्लाको भुगोल, धार्मिक तथा साँस्कृतिक पक्षलाई समेटेर शाही ‘घर पैसो’ चलचित्र निर्माण गर्ने तयारीमा जुटिरहेका छन् ।

भिडियाे ः

https://youtu.be/wNUy2oyUAM0