खेलकुद विकास समितिको अध्यक्षमा बस्नेत


दिनेश गाैतम
जाजरकोट । जिल्ला खेलकुद विकास समिति, जाजरकोटको अध्यक्षमा नरबहादुर बस्नेत (एन.बि) मनोनित भएका छन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बस्नेतलाई अध्यक्षमा मनोनित गरेको हो । यो संगै बस्नेत लगातार तेस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन ।

यस अघि नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको जिल्ला खेलकुद विकास समिति संघियता कार्यन्वयन संगै प्रदेश सरकार मातहत राखिएको हो । नेकपा (एमाले) जाजरकोटका सचिवालय सदस्य बस्नेत जिल्लाको प्रभावशाली युवा नेताका रुपमा परिचित छन । जिल्लाको भेरी नगरपालिका वडा नं. १३ घर भएका बस्नेत खेल क्षेत्रमा सक्रिय व्यक्ति हुन । लामो समय युवा तथा विद्यार्थी संगठनको नेतृत्व सम्हालेका बस्नेत युवाहरु माझ निकै लोकप्रिय मानिन्छन ।

बस्नेत अध्यक्ष रहेको जिल्ला खेलकुद विकास समिति सदस्यहरु मोहित वि.क, निराजन विक्रम शाही, जानुका मल्ल, सन्देश वि.क र गणेश बहादुर शाहीलाई मनोनित गरिएको छ ।