जापानमा अध्ययनरत शाहद्धारा जाजरकोटको शैक्षिक क्षेत्रमा सहयोग



जाजरकोट । जापानमा अध्ययनरत एक युवाले जिल्लाको शैक्षिक क्षेत्रमा व्यक्तिगत सहयोग गरेका छन । जुनिचाँदे गाउँपालिका ५ गर्खाकोट घर भई पढाइको सिलसिलामा हाल जापानमा रहेका खिमराज शाहले विभिन्न विद्यालयहरुमा नगद तथा शैक्षिक सामाग्री सहयोग गरेका हुन ।

अध्ययनको लागि ५ वर्ष अघि जापन पुगेका शाहले आफ्नो गाउँ गर्खाकोटको मष्टा प्रावि तलिधुईरा, सरस्वती आधारभुत विद्यालय गर्खाकोट र भेरी नगरपालिका ९ स्थित दीपेन्द्र माविमा गरी करीव ३ लाख बराबरको सहयोग गरेका छन । विभिन्न चरणमा मष्टा प्रावि र सरस्वती आविमा अध्ययनरत विद्यार्थीहरुका लागि करीब १ लाख ८० हजार रुयौयाँ बराबरको झोला सहित स्टेशनरी सामाग्री वितरण गरेका शाहले भेरी नगरपालिका ९ स्थित दीपेन्द्र माविको पुस्तकालय स्थपनाका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन । दीपेन्द्र माविमा अध्ययन गरेका पूर्व विद्यायर्थीहरुले पुस्तकालय स्थपनाका सुरु गरेको अभियानमा पत्रकार भरत शर्मा मार्फत शाहले उक्त रकम सहयोग गरेका हुन ।

शाहले जाजरकोट मात्र नभई नेपालका विभिन्न ठाउँमा समस्यामा परेका दुखि विरामीहरुलाई समेत विभिन्न माध्यमबाट सहयोग गरेको बताए । कति आफुले व्यक्तिगत रुपमा सहयोग गरेको र कति अन्य साथिहरुको सहयोगमा समेत सहयोग गरेको उनको भनाई छ । अध्ययन गर्न सन २०१६ मा जापान पुगेका शाहले आईटी सम्बन्धि २ वर्ष र होटेल म्यानेजमेण्ट सम्बन्धि २ वर्षे कोर्षको अध्ययन पुरा गरेका छन । पढाई, काम संगै शाह जापान स्थित नेपाली संघसस्थाहरुमा पनि सक्रिय छन । दर्शन समाज ओकिनावा, जापानको अध्यक्ष रहेका उनि कर्णाली प्रदेश समाज ओकिनावाको संस्थापक हुन भने हाल उक्त संस्थाको सल्लाहकार छन।

आफुले दुख गरेर भएपनि दुर्गमका बालबालिकाहरुलाई सहयोग गर्न पाउदा खुसी लाग्ने गेको उनको भनाई छ । केही समय पछि नेपाल फर्किने योजनामा रहेका शाहले जहाँ रहेपनि सामाजिक सेवामा सक्रिय रहने बताए ।