अक्सिजन खरिद गर्न रकम संकलन गरिदै, सहयोगका लागि सबैसंग अपिल (सूचिसहित)


च्वाइसखवर समाचारदाता, जजारकाेट ।
जाजरकोटमा अक्सिजन सिलिण्डर खरिद गर्नका लागि सहयोग रकम संकलन अभियान सुरु गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखेर अक्सिजन सिलिण्डर खरिदका लागि आर्थिक संकलन अभियान सुरु गरिएको हो ।

अक्सिजन अभावका कारण कोरोना महामारीमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले “अक्सिजनका लागि मेरो हजार” अभियान सुरु गरेको अभियानको नेतृत्व गरेका पत्रकार भरत शर्माले जानकारी दिए । रकम संकलनमा पारदर्शिता र सहज होस भनेर आफ्नो र पत्रकार सरोज वलीको दस्तखतबाट संयुक्त बैंक खाता संचालन गरिएको शर्माले बताए । ज्योती विकास बैंक, जाजरकोट शाखामा खोलिएको खातामा हाल सम्म जम्मा ३५ हजार बढि रुपैयाँ रकम संकलन भइसकेको बताइएको छ । जिल्लामा रहेका संगै कामको सिलसिलामा जिल्ला तथा देश बाहिर रहेका जाजरकोटीहरुले सहयोग रकम जम्मा गरिरहेको शर्माले बताए । पत्रकार महासंघ जाजरकोटका सचिव शर्माले यसअघि आफु पढेको विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोग जुटाउने लगाएतका सामाजिक कार्य सम्पन्न गरेका छन ।

हाल देशभर अक्सिजनको समस्या भई कोरोना संक्रमितहरुको उपचारमा समस्या भएकोले जिल्लामा उक्त समस्या आउन नदिन अभियान थालिएको पत्रकार सरोज वलीको भनाई छ । मानव जीवन रक्षाका लागि थालिएको यस अभियानमा जोडिन सबैलाई आग्रह गर्दै पत्रकार वलीले ज्योती विकास बैंक, जाजरकोट शाखामा सरोज वली, भरत कुमार शर्माको संयुक्त नामबाट खोलिएको खाता नं.०२०११३००३४८४५२०००००१ मा रकम जम्मा गर्न सकिने जानकारी दिए । सहयोग गर्ने व्यक्तिहरुको सहजताका लागि मोवाइल बैंकिङ सेवा समेत लिइएकोले कुनै पनि बैंकको एप्लिकेशन मार्फत खाता नम्बर अथवा फोन पे (९८५८०८०४२७) मा समेत सजिलै रकम जम्मा गर्न सकिने छ ।

अभियानमा सहभागिताका लागि विदेशमा रहेका जाजरकोटीहरुले समन्वय गरिरहेको र दृशका विभिन्न ठाउँमा छरिएर रहेका सबै पेशाकर्मी व्यक्तिहरुले पनि सम्पर्क गरिरहेको शर्माको भनाई छ । अक्सिजन तत्कालै आवश्यक पर्ने भएकोले सहयोगी मनहरुले जति सक्दो छिटो सहयोग रकम जम्मा गरिदिन पनि उनको आग्रह छ ।

हाल सम्म सहयोग गर्नेहरुको विवरण

१. निर्वाचन श्रेष्ठ, हाल अष्ट्रेलिया – १००००।
२. विष्णु श्रेष्ठ , जाजरकोट हाल ज्योति विकास बैंक तनहुँ – ५०००।
३. कैलाश खत्री, भेरी न.पा. ४ जाजरकोट – २१००।
४. तारा शाही, भेरी न. पा. ४ जाजरकोट हाल नार्क रामपुर चितवन – १०००।
५. विष्णु प्रसाद शर्मा, भेरी न.पा. ९ जाजरकोट ठुलीभेरी न. पा. डोल्पा – १००५।
६. किरण प्रकाश चन्द , भेरी न.पा. १० जाजरकोट – १००५।
७. राजकुमार शाह, भेरी न.पा. ३ जाजरकोट हाल लक्ष्मी बैक सल्लिबजार – ११११।
८. खड्क पुन (शंकल्प दीक्षित) भेरी न.पा. ५ जाजरकोट हाल रुकुम – १००८।
९.कृष्ण कार्की, भेरी न.पा २ जाजरकोट(नेपाल प्रहरी) हाल भक्तपुर – १५५५।
१०. सरू वली भे.न.पा २ जाजरकोट हाल शिवालय गाउपालिकामा कार्यरत – १००१।
११. देब सजन सुनार, भेरी नगरपालिका ५ जाजरकोट
हाल- चम्पादेवी गाउँपालिका , ओखलढुंगा – १०५०।
१२. सविता कार्की भे.न.पा २ हाल विजय लघुवित्त वित्तीय सस्था दैलेख – ११०५।
१३. धन बहादुर रोकाय,भेरी न पा २ जाजरकोट
हाल बोगटान फुडशिल गापा डोटी – १०५०।
१४. दिप बहादुर घर्ती भेरी न.पा. २ जाजरकोट (पत्रकार) – १००५।
१५. शरद शर्मा, भेरी न. पा. ४ जाजरकोट – ११११।
१६. प्रकाश के.सी. प्रयास भेरी न. पा. २ जाजरकोट हाल कोहलपुर न पा मा कार्यरत – १०१०।
१७. जितेन्द्र अनुराग वली, भेरी न.पा. २ जाजरकोट हाल बाँके राष्ट्रिय निकुञ्ज कार्यालय ओभरि बाँके – २६००।
१८. देवराज कार्की, भेरी न.पा. ९ जाजरकोट हाल जिल्ला हुलाक कार्यालय जाजरकोट – २०००।
१९. राजेन्द्र शाही भेरी न. पा. ४ जाजरकोट हाल जिल्ला ट्राफिक कार्यालय जाजरकोट – १०५०।