“बारेकोटी बचाउँ अभियान” मा डेढ लाख रकम संकलन (सहयाेगीहरूकाे सूचिसहित)



च्वाइसखवर समाचारदाता, जाजरकोट ।

जिल्लाको बारेकोट गाउँपालिकाका युवाहरुले थालेको “बारेकोटी बचाउ अभियान” का लागि डेढ लाख रकम संकलन भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट बारेकोटी नागरीकहरुलाई बचाउनका लागि सुरु गरिएको आर्थिक संकलन अभियानमा अहिले सम्म १ लाख ५० हजार रकम संकलन भएको हो ।

जिल्लामा कोरोनाको जोखिम बढ्दै गएका बेला गाउँपालिका भित्र अक्सिजन लगाएतका कुराहरुको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखेर त्यहाका युवाहरुले लोकेन्द्र गौतमको नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरेका हुन । युवा संघ नेपालका नेता समेत रहेका गौतम संगै विरेन्द्र बस्नेत, कालिबहादुर नेपाली, दिपक खड्का, मुहान सिंह र विष्णु महर पनि अभियानमा सक्रिय छन । अक्सिजन र न्युनतम औषधि अभावका कारण कोरोना महामारीमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले “बारेकोटी बचाउ अभियान” सुरु गरेको अभियानको नेतृत्व गरेका गौतमले जानकारी दिए । अभियानमा विशेष गरी बारेकोट स्थायी घर भई देश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले गरिरहेको गौतमको भनाई छ । संकलन भएको रकम मध्य ५० प्रतिशत अक्सिजन, ३० प्रतिशत प्रतिशत किट र २० प्रतिशत रकमको औषधी खरिद गरेर हस्तान्तरण गर्ने गौतमको भनाई छ ।

महामारीका कारण समस्यामा परेको बेला जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरु नागरीकको सहयोगका लागि आर्थिक संकलन गरिरहेका छन । जिल्लामा अक्सिजनको अभाव हुन सक्ने भन्दै पत्रकार भरत शर्मा र सरोज वली लगाएका युवाहरुले पनि “अक्सिजनका लागि मेरो हजार” अभियान सुरु गरेका छन । कतिपय ठाउँमा अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परेको भन्दै आर्थिक संकलन गरेर जिल्लाका अक्सिजनको व्यवस्था गर्ने सोच रहेको शर्माको भनाई छ ।

“बारेकोटी बचाउ अभियान” मा सहयोग गर्ने मनकारी व्यक्तिहरु :

. विमला रोकाय बारेकोट १०,००० ।

२. प्रेमबहादुर सिंह सुवाकोट बारेकोट ७,००० ।

३. देवेन्द्र शाही बारेकोट रुमसिल २,००० ।

४. गंगा रोकाय बारेकोट २,००० ।

५. पदम बोहरा सिनाकोट बारेकोट १,५००।

६. रंगबहादुर आ.सी. कुशे, जाजरकोट १,५००

७. दिपेन्द्र गौतम बारेकोट, सक्ला २,००० ।

८. प्रवेश नेपाली बारेकोट, सक्ला ३,०००।

९. शिव विश्वकर्मा बारेकोट, सक्ला १,५०० ।

१०. राजेन्द्र विक्रम शाही बारेकोट, नायकवाडा १,५०० ।

११. घमण्ड राज गिरी बारेकोट, नायकवाडा २,१०१ ।

१२. कर्णराज सिंह बारेकोट,नायकवाडा २,००० ।

१३. यूवराज सिंह बारेकोट,सुवाकोट हाल अमेरिका २५,०००।

१४. तुल्सीराम थापा कोटजहारी रुकुम ३,५०० ।

१५. विष्णु महर बारेकोट कालाखोली २,५०५ ।

१६. धनबहादुर नेपाली बारेकोट,लिम्सा २ हजार पिस मास्क

१७. नरेन्द्र सिंह बारेकोट गैरागाउँ १,५०० ।

१८ धर्मराज ज्योती, विङ्गना योगी (ज्योती) बारेकोट रामीडाँडा हाल कोहलपुर ५,००० ।

१९ ओमबहादुर डाँगी जुम्ला १,५०५ ।

२० दीपक शाही बारेकोट सक्ला प्रहरी सहायक निरीक्षक ५,००५ ।

२१. शक्ति गिरी बारेकोट रामीडाँडा २,००० ।

२२. घमण्ड राज गिरी कुशे गाउँपालिका पैक ९,६४४ ।

२३. महेन्द्र सिंह बारेकोट लिम्सा २,००० ।

२४. दिपक महतारा बारेकोट ६ ३,०००।

२५. उज्वल देव रावल बारेकोट ८ हाल, सुर्खेत ५,०००।

२६. धनीराम गौतम प्राविधिक सहयाक सक्ला विद्यालय ३,०००।

२७. खगेन्द्र बोहरा सिनाकोट, बारेकोट ५,०००।

२८. रामचन्द्र ज्योती बारेकोट,रामीडाँडा ५,०००।

२९. तिलकबहादुर रावत बारेकोट, जिरी ५,०००।

३०. राजेन्द्र सिंह बारेकोट, जिरी १,५२० ।

३१. सिर्जना बस्नेत बारेकोट, जिरी २,००० ।

३२. दिपक सिंह कुशे, जाजरकोट १,००० ।

३३. मनमाया कार्की बारेकोट, सिनाकोट २,०००।

३४. धिरज भुल बारेकोट, सक्ला हाल काठमाडौं १,५१५ ।

३५. रामबहादुर थापा बारेकोट, रोकायगाउँ हाल नेपाल आर्मी १,०१५ ।

३६. दीपक शाही आर्थीक मामिला तथा योजना मन्त्रालय ५,००५ ।

३७. प्रवेश नेपाली बारेकोट सक्ला ३००० ।

३८. लोकेन्द्र सिंह बारेकोट गाउँपालिकामा कार्यरत १,२०५ ।

३९. खिमबहादुर महतारा बारेकोट काप्ती १,५०० ।

४०. कृष्णप्रसाद शर्मा बारेकोट, सक्ला १,००५।

४१ विष्णु प्रसाद श्रेष्ठ भेरी नपा ३ ज्योती विकास वैक हाकिम २,५००।