कोरोना महामारीमा खिमराज शाहको २ लाख बढी सहयोग


च्वाइसखवरकर्मी, जाजरकोट ।

जापानमा रहेका खिमराज शाहले कोरोना महामारीका समयमा २ लाख बढी सहयोग गरेका छन । अध्ययनको सिलसिलामा जापान पुगेका जाजरकोट जुनिचाँदे गाउँपालिका ५ गर्खाकोटका शाहले आफु र आफ्ना साथिहरुको समन्वयमा विभिन्न ठाउँमा गरी २ लाख २७ हजार रुपैयाँ सहयोग गरेका हुन ।

जाजरकोट जिल्ला अस्पतालको अक्सिजन रिफिलिङ तथा कोभिडबाट बच्न आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि डेढ लाख बराबरको सहयोग गरेका शाहले नेपालगञ्जमा विपन्नहरुलाई खाना खुवाउन १० हजार तथा मास्क बैंकका लागि १० हजार सहयोग प्रदान गरेका छन । उक्त रकम आफु सहित साथीहरुको समन्वयमा सहयोग गरेको भन्दै शाहले व्यक्तिगत रुपमा कर्णाली प्रदेश समाज जापानलाई १० हजार, एनआरएन जापान ओकिनावालाई २ हजार, काड्माडौंमा भएको विरामीको लागि ५ हजार तथा सगरमाथा क्लव ओकिनावा जापानलाई २० हजार सहयोग गरेको बताए ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) नागरीक समस्यामा परिरहेको बेला विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले सक्दो सहयोग गरिरहेका छन । अध्ययनको लागि ५ वर्ष अघि जापान पुगेका शाह समाजिक सेवामा सक्रिय युवा हुन । यस अघि उनले आफ्नो गाउँ गर्खाकोटको मष्टा प्रावि तलिधुईरा, सरस्वती आधारभुत विद्यालय गर्खाकोट र भेरी नगरपालिका ९ स्थित दीपेन्द्र माविमा गरी करीव ३ लाख बराबरको सहयोग गरेका थिए। शाहले जाजरकोट मात्र नभई नेपालका विभिन्न ठाउँमा समस्यामा परेका दुखि विरामीहरुलाई समेत विभिन्न माध्यमबाट सहयोग गरिरहेको बताए । कति आफुले व्यक्तिगत रुपमा सहयोग गरेको र कति अन्य साथिहरुको सहयोगमा समेत सहयोग गरेको उनको भनाई छ ।

अध्ययन गर्न सन २०१६ मा जापान पुगेका शाहले आईटी सम्बन्धि २ वर्ष र होटेल म्यानेजमेण्ट सम्बन्धि २ वर्षे कोर्षको अध्ययन पुरा गरेका छन । पढाई, काम संगै शाह जापान स्थित नेपाली संघसस्थाहरुमा पनि सक्रिय छन । दर्शन समाज ओकिनावा, जापानको अध्यक्ष रहेका उनि कर्णाली प्रदेश समाज ओकिनावाको संस्थापक हुन । शाहले जिल्लाको शैक्षिक क्षेत्रको सहयोग तथा महामारीको समयमा गरेको सहयोग पत्रकार भरत शर्माको समन्वयमा गरेका हुन । एउटा व्यक्तिले गरेको सहयोग प्रयाप्त नहुने भन्दै सबै सहयोगी मनहरुसंग समन्वय गरेर सहयोग जुटाइएको शाहको भनाई छ।

विशेष गरी जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठुलो समस्या रहेकोले आफुहरुको सहयोग सोही क्षेत्रमा रहने भन्दै उनले जिल्लामा एम्बुलेन्सका लागि सहयोग गर्न सकिन्छ की भनेर लागि परेको समेत जानकारी दिए । एम्बुलेन्स नहुँदा अकालमा ज्यान गुमाउनु परेको भन्दै शाहले भने, “म जन्मेको ठाउँ गर्खाकोट लगाएत जिल्लाका अधिकांश स्थानमा मोटरबाटो पुग्यो तर सवारी साधनको अभावमा अहिले पनि डोकोमा विरामी बोक्नु पर्ने अवस्था भएकोले हाम्रो त्यसतर्फ ध्यान गएको छ, यसका लागि साथीहरु संग सल्लाह हुँदैछ ।

सहयोगी व्यक्तिहरुको विवरण
१.खिमराज शाह – १००००।
२. चक्र शाही – १००००।
३. हिगा शिन (जापानी) – १००००।
४. भोला ढुंगाना – १००००।
५. अनिल रेग्मी – १००००।
६. निरोज तामाङ – १००००।
७. आर.वि. बरुण – १००००।
८. गिता रेग्मी – ५५५५।
९. ज्योतिका राई – ५५५५।
१०. मिन्जु लामा – ५५५५।
११. एकेन्द्र बुढा – ५१०१।
१२. प्रजल भट्टचन – ५१०१।
१३.सञ्जिव श्रेष्ठ – ५०००।
१४. प्रमोद बस्नेत – ५०००।
१५. इल्सोन घिमिरे – ५०००।
१६. निरु क्षेत्री – ५०००।
१७. रेणु थापा – ५०००।
१८. प्रविण उप्रेती – ५०००।
१९. खगेन्द्र खत्री – ५०००।
२०. अन्जु थापा मगर – ३५००।
२१. सुस्मिता श्रेष्ठ – ३०००।
२२. सोनल रोका – ३०००।
२३. राजेश अधिकारी – ३०००।
२४. धिरज आरसी – ३०००।
२५. विवेक ठकुरी – ३०००।
२६. सुजल कार्की – २०००।
२७. मोहन श्रेष्ठ – २०००।
२८. सचिन तिवारी – २०००।
२९. पुर्ण बुढा – ३०००।
३०. सुभाष गुरुङ – ३०००।
३१. आर सी केश चापागाई – १०००।
३२. प्रकाश पौडेल – २०००।
३३. पदम पौडेल – १०००।
३४. विशाल थापा – ३००००। (wan)
३५. प्रकाश कार्की – ५६७८।
३६. केशख खड्का – २०००।
३७. सदिप बयलकोटी – ३०००।
३८. सन्जु श्रेष्ठ – ५०००।
३९. सोनी गुरुङ – ५०००।
४०. गोकर्ण पण्डित – २०००।
४१. दैसी महतो – ५०००।
४२. मनस शाही – ५०००।