करेण्ट लागेर गर्भवती महिलाको मृत्यु


                                                                                         सांकेतिक तस्विर

च्वाइसखवरकर्मी ।

जाजकोटमा करेण्ट लागेर एकजना गर्भवती महिलाकाे मृत्यु भएकाे छ ।  जिल्लाकाे नलगाड नगरपालिका १० रग्दागाँउ कि २३ वर्षिया रमिता ध्यारकाे विद्युतकाे तारमा कपडा सुकाउन खाेज्दा करेण्ट लागेर ज्यान गएकाे हाे।

धारामा कपडा धाेएर स्थानीय लघुजलविद्युत आयाेजनाकाे तारमा कपडा सुकाउन खाेज्दा करेण्ट लागेर घाईते भएकी उनकाे उपचारका क्रममा रूकुम पश्चिमकाे आठबिस्कोट नगर अस्पतालमा शनिबार राति साढे ९ बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।

आफन्तका अनुसार मृतक ध्यारकाे पेटमा ९ महिनाको बच्चा समेत रहेको थियाे । ध्यारलाइ बचाउन खाेज्दा साेही ठाउँका थप दुइ जना घाईते भएका थिए । घाईते मध्ये २५ कि प्रमिला ध्यार र ६५ वर्ष कि बेलु ध्यार नगर अस्पताल राडीमा भएकाे उपचार पछि आइतबार विहान डिस्चार्ज भएको प्रहरीले जनाएकाे छ।