शिक्षक शाहीलाई नेता हमालको १० हजार सहयोग


च्वाइस खवरकर्मी, जाजरकाेट ।

नेकपा एमालेका नेता तप्त बहादुर हमालले कलेजो सम्बन्धि रोगबाट पिडित भरत विक्रम शाहीलाई आर्थिक सहयोग गरेका छन । नेता हमालले आफ्नो जन्मदिनको अवसरमा शाहीको उपचारको लागि १० हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका हुन ।

जिल्लाको कुशे ५ खुर्पा स्थित लक्ष्मी प्राप्ती माविमा कार्यरत शिक्षक शाहीको केहि दिन अघि चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपन गरिएको छ । महंगो प्रविधिबाट कलेजोको प्रत्यारोपन गरेका शाहीलाई आर्थिक समस्या भएकोले आफुले सहयोग गरेको हमालले बताए । जन्मदिनको अवसरमा हुने फजुल खर्च अप्ठ्यारोमा परेका व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने सोचले सहयोग हस्तान्तरण गरेको उनको भनाई छ ।

                                                                   कैदिबन्दीहरूलाइ फलफुल वितरण गर्दै

शिक्षक शाहीलाई आर्थिक सहयोग संगै नेता हमालले जाजरकोट जिल्ला अस्पतालमा रहेका १७ जना विरामी र कारागारमा रहेका ७० जना कैदिबन्दीहरुलाई फलफुल वितरण गरेका छन । वडाध्यक्ष गोपाल नेपाली सहित हमालले आज विहान अस्पताल र कारागार पुगेर विरामी तथा कैदिबन्दीहरुलाई फलफुल वितरण गरेका हुन ।

                                                                    विरामीहरूलाइ फलफुल वितरण गर्दै

कुशे ४ का स्थायी वासिन्दा हमाल हाल जिल्ला सदरमुकाम खलंगामा बस्दै आएका छन । नेकपा एमाले जाजरकोटमा प्रभावशाली युवा नेता हमाल सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन ।

                                                              शिक्षक शाहीलाइ सहयाेग गरेकाे बैंक चाैचर