प्रधानमन्त्री देउवाद्वारा महाकाली पुलको शिलान्यास


कञ्चनपुर,१५ भदाै । कञ्चनपुरको नेपाल-भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् । शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताए ।

भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि यो पुल कोसेेढुंगा सावित हुने भन्दै प्रधानमन्त्री देउवाले लामो समयको प्रतिक्षा सकिएको बताए । उनले सुदूरपश्चिमबाट विकासको अभियान शुरु भएको घोषणा गरे ।

झण्डै तीन अर्बको लागतमा निर्माण हुने ४ लेनको पुलको लम्बाई ८ सय मिटरको हुने छ भने ३ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।