प्रवासी काजीका दुई गजल


गजल १

जसको नुन खाईयो उसकै काम गरियो ।
जन्मदेखी चाकरी दिनहु सलाम गरियो !

के गरियो के गरिएन दुखी जीन्दगीमा !
मालिकको इजत बाको बद्नाम गरियो ।

आफूले खान र परिवारलाई खुवाउन
बगलीमा छुरा मुखमा राम राम गरियो !

पानीहाली तेल बेचे मालिकका लागी
जीवनमा गरिवमाथी छलछाम गरियो !

गजल २
मौन कति बस्नु चिनजान गरौ न त !
यात्रामा छौ संगै चियापान गरौ न त !

प्रस्ताव राख्न अप्ठेरो भयको बेला
नजर जुधाई प्रेमको उठान गरौ न त !

हातले हान्न दिदै दिदैन संस्कार हाम्रो
नजरले नजरलाई हाना हान गरौ न त !

भोली यो प्यार घृणामा बदलिन सक्छ
सुरुवातमा नै हामी घमासान गरौ न त !

प्रमाणित भयो दुवै दिलका रोगी रैछौ
आउ मिलेर दिलको निदान गरौ न त !
    -प्रवासी काजी, गुजरात भारत