गजल : सुन भेटिन्छ बगरमा


(प्रवाशी काजी) सुर्य बहादुर थापा

सुन भेटिन्छ बगरमा वालुवा चाल्न हिडे !
तिमी घर समाल्नु म देश समाल्न हिडे !

पर्खिनु म पुगेभने तिमीलाई पनि तान्छु,
तिमी बिस्तारै आउनु म दियो बाल्न हिडे ।

सुतेका लाशलाई कसैले उठाएन कहिल्यै ,
म सधै उठेका मान्छेहरुलाई बसाल्न हिडे !

तिमी बालबच्चालाई कथा सुनाएर बस्नु,
मालिकको भान्सामा म नुन हाल्न हिडे ।

आफनै घरको मैन ढुगोंमा परिणत भयो,
म घरको छोडेर गाउको मैन पगाल्न हिडे ।

भैरवी गाउँपालिका वडा नं १ दैलैख
हाल : बालासिनोर गुजरात भारत