गजल : कहिले रिबन कहिले टिकुली पठाउँछ


दीप दर्शन

कहिले रिबन कहिले टिकुली पठाउँछ
प्रत्येक दिन एक चिज नभुली पठाउँछ

मलाई जून मन पर्छ भन्ने थाहा रहेछ
त्यसैले यो समयले गोधुली पठाउँछ

भोकै छन् गाउँमा भोट दिने जनताहरु
सरकारले सांसदलाई मन्सुली पठाउँछ

तिमीले दिएको चिनो रुमालले यसरी
मनमा सम्झनाको खुल्दुली पठाउँछ

हुलाकमा जस्तै सम्झना रजिस्ट्रार गरेर
मेरो मायालुले हरपल बाडुली पठाउँछ