गजल : को बस्ला पराईको महलमा टहरा बिर्सेर? 


को बस्ला पराईको महलमा टहरा बिर्सेर?
बाँच्न सक्दै सक्दिन मेरा बाआमा बिर्सेर ।

बर्षौपछि श्रीमतीले यसो भन्दै फोन गरिन,
हजुर साथै भए म बाँच्छु गरगहना बिर्सेर

कस्तो बुद्धि दिएर ईश्वर पठाउछ मान्छेलाई?
मन्दिर गएको मान्छे फर्किन्छ जुत्ता बिर्सेर

दुश्मनलाई तड्पाउनुपर्छ नत्र मजा आउदैन
तिमीले शिर काटी गल्ती गर्यौ खुट्टा बिर्सेर

निर्धक्क मलाई तिमिले धोकेबाज भने हुन्छ
धनको पछि लागे म तिमी र बालबच्चा बिर्सेर

(प्रवाशी काजी)
सुर्य बहादुर थापा
दैलेख
हाल गुजरात भारत