गजल :छोराले बालाई बा भन्ने आधार राखेन


छोराले बालाई बा भन्ने आधार राखेन ।
बाको प्रतिष्ठामा पनि सरोकार राखेन ।

बाकस फुटायो कहिले दराजमा पस्यो,
गल्ती गरी पस्न बाकि कारागार राखेन ।

सधै मर्ने धम्की दियो पैसा फुत्काई गयो,
बा अशक्त छन् मेरा यस्तो विचार राखेन ।

सबथोक उडायो अब मलाई नै उडाउला,
घरवारी लिलाम गर्यो सानो व्यापार राखेन।

शत्रु बनायो सके पिट्यो नसके पिटाई खायो
मेरो छोराले कसैसंग गतिलो व्यवहार राखेन ।

–प्रवाशी काजी
सूर्य बहादुर थापा

रावतकोट, दैलेख (हाल बालासिनोर गुजरात भारत)