रत्नराज पुनमगरका गजलहरू


गरीब बा’ले छोरो पढाउँन शहर पठाउँछ
विहानै शहरले उसको लास घर पठाउँछ

पहिलेको बृद्वा भत्ता घर – घरसम्म पुग्थ्यो 
यो अहिलेको नयाँ कानुनले नगर पठाउँछ

खरको छानो जलाएर भित्ता भत्काइएको हो
पल्लाघरेले घर आफै भत्केको खबर पठाउँछ

गरीबको दाऊ कबै नआऊ सत्यम् सत्य लाग्यो 
जब धनीको कुकुरले आँगनसम्म बाँदर पठाउँछ

हैजाले जह्रा गाड्यो ”रत्न! राज” गर्ने कसरी हो ?
सरकार न ओखति पठाउँछ न डाक्टर पठाउँछ ।

  • छन् यहाँ कयौं विधान् अझै बोल्न सिकौँ
    भित्ताको नि हुन्छ कान् अझै बोल्न सिकौँ

हेरौँ ती कमीलाका लस्करै हेरौँ ताँती 
को बृद्व र को जवान् अझै बोल्न सिकौँ

तपाइँ भन्दै अरुले पो ढोग,नमन गर्लान् 
मपाइँले भइन्न महान् अझै बोल्न सिकौँ

बच्चा जन्माउँनसाथ गँगटो कसरी मर्छ?
को सन्तान् को सैतान् अझै बोल्न सिकौँ

पछाडी पर्दा कसै-कसैले पो हात देलान्
कसैले त लात देलान् अझै बोल्न सिकौँ ।

  • कि यो दिन नबनाउँनुहोस्, कि मलाई नरुवाइदिनुहोस्
    आज मेरो बा’को मुख हेर्नुछ दैव बालाई पठाइदिनुहोस्

बरु सदा माथी नै बसेपनि, बर्षमा एकैपटक भएपनि
आउँन मिल्छ भने मेरा जन्मदाता हजूर आइदिनुहोस्

प्रत्यक्ष हजूरलाई हेर्ने मन छ, हजूरलाई पूज्ने मन छ
सदा सपनामा मात्रै देखिएर मलाई नतड्पाइदिनुहोस्

आज मात्रै हैन बा’ यो धरतीमा पाइला टेकेदेखि नै
हजूरको यादमा रोइरहेको यो मनलाई हँसाइदिनुहोस्

काष मनले भन्ने भएछ भने, हजूर आउँनु भएछ भने
पछि तपाईं विदा लिनुहोला पै’ले विदा मलाई दिनुहोस् ।

  • कमसेकम यतिसम्म त नगर सरकार |
    जथाभावी नलगाइदेऊ न कर सरकार |

बरु तिम्रै तलबबाट कर छुट्याएर |
बनाइदेऊ न गरीबका घर सरकार |

काँ विकास/विनास त्यो क्यै थाह छैन|
गाउँतिर छन् जनता छन् शहर सरकार |

हामी जे लागू गर्छौँ त्यही हुन्छ नसोच|
ठिकै छ आशा गर, भर नपर सरकार |

  • अरु देशले यो सोच्छन् सीमा क्यारी बचाऊँ?
    यही देशमा सबै भन्दा रहेछ काँतर सरकार |

 देश बिग्रँदै छ के लाई? बा- ले भन्दैछन्
जन्ताले खेपिरहे पेलाई बा- ले भन्दैछन्

भूमि जतिसुकै प्रदेशमा विभाजित भएपनि
तर विधान बनोस् ऐ’लेलाई बा- ले भन्दैछन्

कानुन बलियो भा’को भा किन मार्थे र??
यहाँ मान्छेले, मान्छेलाई बा- ले भन्दैछन्

देशका लागि तिमी वित्थैमा सहिद बन्यौ
रगतकै खोला बगाउँनेलाई बा- ले भन्दैछन्

https://www.facebook.com/ratnarajpun.magar.5