बिरगञ्ज । बिरगञ्ज कपडा बैंकद्वारा आगलागी पिडितहरुलाई निरन्तर सहयोग प्रदान गर्दै आईरहेको छ । बिरगञ्ज कपडा बैंकले पर्साको धोबिनी गाउँपालिका–५ धोबिनी जगरनाथपुर गाउको नयकाटोलामा आगलागीमा परि ४ घर परिवार पिडितहरुलाई सहयोग उपलब्ध गरेको छ ।
कपडा बैंकका अध्यक्ष लालबाबु सिंह , उपाध्यक्ष प्रकाश थारु , सचिव कन्हैया पटेल र सदस्य अभिलाश गुप्ताको सहभागितामा बुधबार आगलागी पिडितहरु समसाद देवान, रहमत देवान,अमजद देवान र रजाक देवानको परिवारलाइ ४ बोरा नयाँ पुरानो कपडाहरु सर्ट पाइन्ट,जिन्स,साडि लगायत बच्चाहरुको कपडाहरु, बेडसिटहरु , झुलहरु सहयोग पिडितकै घर पुगेर हस्तान्तरण गरिएको हो ।
सो अवसरमा स्थानिय अग्रज , महिला ,युवाहरुको उपस्थिति रहेको थियो । सर्ट सर्किटले भएको आगलागीमा करीब २५ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको पिडितहरुले बताएका छन् ।
आगलागी हुँदा गरगहाना, लत्ताकपडा, फर्निचर, अन्नपात, भाडाकुँडा र नगद सहित जलेर नष्ट भएको र लागेको आगो स्थानीयवासी , प्रहरी र पोखरियाबाट गएको बारुण यन्त्रको सहयोगमा निभाइएको थियो ।
त्यसैगरी मंगलबार पर्सा कै सखुवाप्रसौनी– २ जमुनियामा भएको आगलागीबाट पीडित २ घर परिवारलाई बिरगञ्ज कपडा बैंकले नयाँपुराना कपडाहरुको साथै अन्य राहत सामाग्री सहयोग गरेको थियो ।