आरोहण शाह
वीरगञ्ज : पर्साको सिमानाकामा हुने तस्करीमा सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै तस्करीको लाईन दिएको खुलेको छ । पछिल्लो समय पर्सामा विभिन्न नाका भएर खुल्लेयाम तस्करी भईरहेको पाइएको छ ।
स्रोतका अनुसार सशस्त्र प्रहरी बल बि.ओ.पी वीरगञ्ज भन्सार सशस्त्र प्रहरी प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह र प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप थापाको संरक्षणमा पर्साको ग्रामिण नाकाबाट तस्करी भईरहेको पाइएको छ ।
डिएसपी सिंहले वीरगञ्ज भन्सार नाकाबाट र डिएसपी थापाले ग्रामिण नाकाबाट तस्करीको लाईन दिएको खुलासा भएको छ ।
डिएसपी थापाले अलौ, अमरपर्टी ,प्रसौनी नाकाबाट तस्करीको लाईन दिएको स्रोतले बताएको छ । ति नाकाबाट विहान, दिउँसो र रातीको समयमा लत्ताकपडा, कवाडी, पेट्रोल–डिजेल र रक्सीको व्यापक तस्करी भईरहेको छ । तर सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन छन् । स्रोतका अनुसार थापाले यस्ता गतिविधि बाट मासिक रुपमा नजराना लिदै आएको पनि तथ्य उजागर भएको छ ।
यता वीरगञ्ज भन्सार नाकाका जिम्मेवारी पाएका डिएसपी सिंहले प्रति साईकलसंग ५हजार ,मोटरसाईकलसंग १० हजार र टेम्पूबाट १५ हजारको दरले मासिक नजराना बुझेर तस्करीको लाईन दिएको स्रोतले बताएको छ ।मुख्य नाका वीरगञ्ज भन्सार भई अवैध सामान ल्याउँदा भन्सारको मुल गेटमा रहेको सशस्त्र प्रहरीको डियुटीले रकम असुली गरि तस्करीको लाईन छुट दिएको पाइएको छ ।
सशस्त्र प्रहरीको डियुटि पहिलो फेजमा हुने गर्छ साथै हरेक बोर्डर भएको ठाउँमा डिप्युटी २४ घण्टा हुने गरेको छ। एक स्थानीयले सशस्त्र प्रहरीको सिमानाकामा डियुटी २४ घण्टा भएपनि तस्करी नरोक्नु शंकाको बिषय बनेको बताए । प्रहरी कै संरक्षणमा पर्साको विभिन्न नाका भएर खुल्लेयाम हुण्डी, सुन–चाँदी, मरिच, केराउ, छोहडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरीको तस्करी भईरहेको स्थानीयबासीले बताएका छन ।
सिमानाकावाट दैनिक करोडौं रुपैयाको तस्करीको माध्यमले भित्राई वीरगञ्ज विभिन्न ट्रान्सपोर्टहरुमा पु¥याउने गरेका छन। विभिन्न ट्रान्सपोर्टहरुको माध्यमवाट अवैधरुपले काठमाडौ जादै गरेको मालबाहक ट्रकहरु नियन्त्रण लिई पनि तस्करी रुकन सकेको छैन ।
प्रहरीकै संरक्षणमा अहिले तस्कर र माफियाहरु मालामाल बन्ने र राजस्व चुहावट गरेर देशलाई हरिकंगाल बनाउने तत्वहरुमा खुसियाली छाएको हो ।
जिल्लाका ग्रामीण नाकाका तस्करहरुले बिओपीका प्रमुखहरुलाई महिनवारी बुझउछन् भने प्रमुखहरुले डिएसपी थापा र सिंहमार्फत सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक कर्माचार्यसम्म मासिकरूपमा संकलन भएको अवैध रकम पुग्ने गरेको छ ।
सिमा नाकामा जिम्मेवारी पाएका सशस्त्र प्रहरीकै मिलोमतोमा खुल्लेयाम तस्करी भईरहेको छ । सशस्त्र प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको छ । यता सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्याले तस्करी बन्द रहेको बताए ।