वीरगञ्ज : वीरगञ्ज १२ मा रहेको श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम चुडामणी ब्रजचार्यको अध्यक्षता एवं राषिट्रय सहकारी बैंक लि. का अध्यक्ष केबि उप्रेतिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आ.व २०७९÷०८०को कुल कारोवार ९७ करोड ४३ लाख ७३ हजार ८ सय ४ रुपैयाको भएको सार्वजनिक गरेका थिए । उनले संस्थाको शेयर पुजी ४ करोड ८३ लाख ८९ हजार ५०० सय र बचत संकलन ६९ करोड, ७४ लाख ७९ हजार ३ सय ९ रुपैया रहेको छ ।
जगेडा तथा अन्य कोषहरुमा ४ करोड ७ लाख ४५ हजार ६ सय ५६ रुपैया र कर्जा तथा सापटि ६४ करोड ६५ लाख २३ हजार २ सय ५४ रुपैया रहेकोमा खुद नाफा एक करोड ३१ लख ४ हजार ३९१ रुपैया रहेको चौरसियाले बताएका थिए । चौरसियाले संस्थाको स्थिर सम्पति वीरगञ्जको आर्दशनगर स्थित भाजुरत्न चौक नजिक रहेको साढे पन्ध्र धुर जग्गा जोड्न सफल भएको र सो जग्गामा एक बर्षभित्र भवन निर्माण गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत चौरसियाले बताए ।
संस्थाले २०७५ साल देखि नै प्रबिधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा, एस.एम.एस सेवा, एटिएम कार्ड सेवा तथा क्युआर कोड सेवा सुचारु गरेको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमख अतिथीसमेत रहेका राषिट्रय सहकारी बैंक लि. का अध्यक्ष केबि उप्रेतिले केहि सिमित व्यक्तिहरुले सहकारीलाई बदनाम गरेको आरोप लगाएका थिए । उनले पछिल्ला दिनहरुमा केहि समुहहरुले नियोजित रुपमै लागेर सहकारी बिरुद्ध भ्रम सृजना गरेको दावी गरे ।
सहकारीलाई राज्यले समेत चाहिने जति सहयोग नगरेको आरोप लगाउदै प्रमुख अतिथी उप्रेतिले सहकारी बिरुद्ध फैलाइएको भ्रमको पछि न लाग्न अनुरोध समेत गरे । वीरगञ्जको टाउन हलमा सम्पन्न कार्याक्रमा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पर्सा अध्यक्ष राजेश पंडित, जय गणेश सहकारीका शम्भु गुप्ता,लालीगुराँसका हरेराम पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अतिथी तथा उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण उज्जवल घिमिरेले गरेका थिए ।