काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच छलफल भएको हो।
प्रधानमन्त्री दाहालले कोसी प्रदेश सरकार गठनका लागि सहकार्य गर्न राप्रपा अध्यक्ष लिङ्देनसँग आग्रह गरेका छन्। मध्यावधि नजिक रहेको कोसी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेशसभामा रहेका जुनसुकै सदस्यले बहुमत ९४७० सदस्य पुर्याएर मुख्यमन्त्रीको दाबी गर्न पेस गर्न सक्नेछन्। प्रदेश प्रमुख खापुङले असोज २६ गते ५ बजेभित्रमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
मिति नजिकिँदै गर्दा प्रधानमन्त्री दाहालले अध्यक्ष लिङ्देनसँग सहकार्यको हात अघि बढाउन आग्रह गरेका हुन्। ुम अर्कै कामको लागि गएको थिएँ। तर भेटमा कोसी प्रदेशको विषयमा कुरा उठ्यो,ु प्रधानमन्त्री दाहालसँगको भेटबारे राप्रपा अध्यक्ष लिङ्देनले हाँस्दै भने, ुसरकार गठनमा सघाउनुस् भन्नुभयो।ु
सर्वोच्च अदालतले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरेपछि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्की संविधानको धारा १६८ को उपाधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतामा भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले शनिबार विश्वासको मत परीक्षण नगरिकन पदबाट राजीनामा दिएका थिए।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ जना प्रदेशसभा सदस्य चाहिन्छ। एमालेका उपसभामुखबाहेक ३९ र एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०सँग ६ जना प्रदेशसभा सदस्य छन्। त्यसो हुँदा एमाले(राप्रपा गठबन्धन बन्दासमेत प्रदेशसभा सदस्यको संख्या ४५ मात्रै पुग्ने थियो।
गठबन्धन दल नेपाली कांग्रेससँग २९, नेकपा ९माओवादी० केन्द्रसँग १३, नेकपा ९एकीकृत समाजवादी०सँग ४ र जनता समाजवादी पार्टी ९जसपा०सँग १ जना प्रदेशसभा सदस्य छन्। गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य पुग्छन्। ज्येष्ठ सदस्य गठबन्धनकै रहेकाले विश्वासको मत लिँदा पहिलेकै अवस्था आउने देखिन्छ। राप्रपाका ६ सदस्य जोड्दा ५३ प्रदेश सदस्य पुग्नेछन्। यो गठबन्धनका लागि स्पष्ट बहुमत पनि हो। प्रधानमन्त्री दाहालले यसै कारण पनि अध्यक्ष लिङ्देनसँग सहकार्यका लागि आह्वान गरेका हुन्।